कार्यालयको फाइलै बोकेर होटलतिर हिड्ने अधिकृत र हाकिम सरुवामा

उद्योग विभागका केही अधिकृतहरु सरुवामा परेका छन् । विभागमा रहेर बदमासी गर्दै आएका र वदमासी साथ दिँदै आएका अधिकृत र निर्देशक सरुवामा परेका छन् ।

बिज्ञापन

कार्यालयको फाइल बोकेर होटलतिर दौडने गरेको आरोप लाग्दै आएका अधिकृत उद्योगबाट आउट भएर श्रम मन्त्रालयतिर पुगेको उद्योग मन्त्रालय स्रोतले जनाएको छ । त्रिपुरेश्वरस्थित उद्योग विभागमा बसेर उद्यमीहरुलाई त्राहीमाम बनाउने काम गर्दै आएको आरोप थियो अधिकृत हुन बसन्त बहादुर खत्रीमाथि । यस अघि अघि ट्रेडमार्क शाखामा बसेर उद्यमी तथा व्यवसायीहरुलाई सताउँदै आएका उनले यस्तो धन्दा त्यहाँबाट अनुमति शाखामा पुगेर पनि जारी राखेका थिए । उक्त शाखामा उद्यमी तथा व्यवसायीहरु सबैभन्दा पहिला ठोकिने शाखा । त्यही शाखाबाट अनावश्यक व्यवसायीहरुलाई दुख र हैरानी दिने गरेको बिषयमा गत साता कर्मचारी प्रेसले समाचार प्रकाश गरेको थियो । अधिकृत खत्रीले दिने गरेको हैरानी र भुक्तमानको बिषयमा उद्योग मन्त्री,सचिवदेखि विभागको डिजीसम्मको कानमा पुगेसँगै उनलाई त्यहाँ आउट गरिएको छ । उनीसँगै उक्त शाखाको निर्देशकको कुर्सीमा छन्,मनोज रेग्मी पनि सरुवामा परेका छन् । रेग्मी र खत्रीको टिमले फाइल होल्ड गरेर राख्ने र डिल मिलेपछि मात्र वानेश्वर वा त्रिपुरेश्वरतिरको होटलमा गएर डिल गर्ने गरेको आरोप विभागकै कर्मचारीहरुले लगाउँदै आएका थिए । अफिसको फाइलै बोकेर हिड्ने र होटल होटलमा पुगेर डिल गर्ने गरेको आरोप खेप्दै आएका उनी त्यहाँबाट सरुवामा परेका हुन ।

बिज्ञापन

ट्रेडमार्क शाखामा हुँदा मनोज रेग्मीले यसैगरी व्यवसायीहरुलाई दुख दिदै आएकोमा अहिले अनुमति शाखाका पुगेपछि फाइलका कमा र पूर्णबिराम समेत हेरेर सताउन थालेका छन् । यो शाखामा कर्मचारीहरुको बदनियतका कारण अहिले शाखाको नाम नै ‘फाइल जाम’ गर्ने शाखाका रुपमा बदनाम हुन थालेको थियो । यसरी उद्योग विभाग नै बदनाम हुन थालेपछि विभागबाट उपसचिव रेग्मी र अधिकृत खत्रीलाई श्रम मन्त्रालयमा सरुवा गराइएको मन्त्रालय स्रोतले जनाएको छ ।

सरुवा भएर श्रम मन्त्रालयमा पुगेका उनीहरुलाई केही गरौं भन्ने हुटहुटी बोकेका मन्त्री डिपी अर्यालले कस्तो जिम्मेवारी दिन्छन्,हेर्न बाँकी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानीय तहबाटै पाइने

काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ कर्मचारी

अर्थ मातहतका ३९ वटा कार्यालय खारेजी,३०२ को दरबन्दी कटौती

जेनजी विद्रोह पछि समेत सुध्रिएनन कर्मचारी,रगेहात पक्राउ पर्दैछन् धमाधम

स्थानीय तहमा खटाइएका १७ उपसचिवले उल्टाए सरुवा

खरिदारदेखि उपसचिवसम्मका ४६ कर्मचारीको सरुवा

नगरपालिकामा खटाइएका ६ उपसचिव गृहमा फिर्ता

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

बिशेष