नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । शुक्रबार अर्थ मन्त्रीस्तरीय निर्णयले उनलाई अध्यक्ष बनाएको हो ।
बिज्ञापन
पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्ध रहिसकेका छन् । पेशाले चाटर्ड एकाउण्टेण्ट पौडेल यसअघि उदयपुर सिमेन्टको महाप्रबन्धक थिए । २५ वर्ष देखि घाटामा रहेको उद्योग उनकै नेतृत्वमा पहिलो पटक नाफामा गएपछि सार्वजनिक संस्थान सुधारमा उनको नयाँ पहिचान बनेको थियो ।
बिज्ञापन
यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । बस्याल तीन वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त भएका हुन ।
शोधाकान्त पौडेल सहसचिवबाट बढूवा भएदेखि नेपाल स्टक एक्सचेन्ज अध्यक्षविहीन थियो । सोही स्थानमा बस्याललाइृ नियुक्ति गरेका हुन अर्थमन्त्री पौडेलले ।
यस अघि बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत सिइओको रुपमा कार्यरत थिए । बस्यालले नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि समेत आवेदन दिएका थिए ।
बिज्ञापन