नेपाल रिइन्योरेन्स सुरेन्द्र,नेप्सेमा बस्याल

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । शुक्रबार अर्थ मन्त्रीस्तरीय निर्णयले उनलाई अध्यक्ष बनाएको हो ।

बिज्ञापन

पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्ध रहिसकेका छन् । पेशाले चाटर्ड एकाउण्टेण्ट पौडेल यसअघि उदयपुर सिमेन्टको महाप्रबन्धक थिए । २५ वर्ष देखि घाटामा रहेको उद्योग उनकै नेतृत्वमा पहिलो पटक नाफामा गएपछि सार्वजनिक संस्थान सुधारमा उनको नयाँ पहिचान बनेको थियो ।

बिज्ञापन

यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । बस्याल तीन वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त भएका हुन ।
शोधाकान्त पौडेल सहसचिवबाट बढूवा भएदेखि नेपाल स्टक एक्सचेन्ज अध्यक्षविहीन थियो । सोही स्थानमा बस्याललाइृ नियुक्ति गरेका हुन अर्थमन्त्री पौडेलले ।

यस अघि बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत सिइओको रुपमा कार्यरत थिए । बस्यालले नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि समेत आवेदन दिएका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

बिशेष