सडक विभागका डीईहरूको सरुवा सूची तयार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सडक विभागअन्तर्गतका डिभिजन इन्जिनियर तथा आयोजना प्रमुखहरूको सरुवा सूची तयार पारेको छ । औपचारिक रुपमा सूची सार्वजनिक भइनसके पनि आन्तरिक तयारी चरण सकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

बिज्ञापन

स्रोतका अनुसार दुई वर्ष कार्यअवधि पूरा नगरेका धेरैजसो डिभिजन प्रमुखलाई यथावत राखिएको छ भने केही प्रमुख डिभिजनमा नयाँ इन्जिनियरहरूको सरुवा गरिएको छ ।

बिज्ञापन

काठमाडौं डिभिजन इन्जिनियरमा सुवोध देवकोटाको नाम प्रस्तावित भएको छ ।  त्यस्तै, चरिकोट डिभिजनमा नारायण भण्डारी, पोखरामा अमितकुमार शर्मा र नुवाकोटमा बद्री शर्माको सरुवा तय भएको बुझिएको छ ।

भक्तपुरका सुमनकुमार योगेश, झापा दमकका श्याम यादव, पाल्पाका रामपुकार जयसवाल, बुटवलका जीवेन्द्र झा र खुर्कोटका पारमणी धिताल भने यथावत राखिएका छन् । कालिगण्डकी डिभिजन इन्जिनियरमा शिवलाल दाहालको नाम पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

आधिकारिक सरुवा सूची केही दिनमै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

बिशेष