सडक विभागका डीईहरूको सरुवा सूची तयार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सडक विभागअन्तर्गतका डिभिजन इन्जिनियर तथा आयोजना प्रमुखहरूको सरुवा सूची तयार पारेको छ । औपचारिक रुपमा सूची सार्वजनिक भइनसके पनि आन्तरिक तयारी चरण सकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

बिज्ञापन

स्रोतका अनुसार दुई वर्ष कार्यअवधि पूरा नगरेका धेरैजसो डिभिजन प्रमुखलाई यथावत राखिएको छ भने केही प्रमुख डिभिजनमा नयाँ इन्जिनियरहरूको सरुवा गरिएको छ ।

बिज्ञापन

काठमाडौं डिभिजन इन्जिनियरमा सुवोध देवकोटाको नाम प्रस्तावित भएको छ ।  त्यस्तै, चरिकोट डिभिजनमा नारायण भण्डारी, पोखरामा अमितकुमार शर्मा र नुवाकोटमा बद्री शर्माको सरुवा तय भएको बुझिएको छ ।

भक्तपुरका सुमनकुमार योगेश, झापा दमकका श्याम यादव, पाल्पाका रामपुकार जयसवाल, बुटवलका जीवेन्द्र झा र खुर्कोटका पारमणी धिताल भने यथावत राखिएका छन् । कालिगण्डकी डिभिजन इन्जिनियरमा शिवलाल दाहालको नाम पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

आधिकारिक सरुवा सूची केही दिनमै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष