काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सडक विभागअन्तर्गतका डिभिजन इन्जिनियर तथा आयोजना प्रमुखहरूको सरुवा सूची तयार पारेको छ । औपचारिक रुपमा सूची सार्वजनिक भइनसके पनि आन्तरिक तयारी चरण सकिएको मन्त्रालय स्रोतले जनाएको छ ।
बिज्ञापन
स्रोतका अनुसार दुई वर्ष कार्यअवधि पूरा नगरेका धेरैजसो डिभिजन प्रमुखलाई यथावत राखिएको छ भने केही प्रमुख डिभिजनमा नयाँ इन्जिनियरहरूको सरुवा गरिएको छ ।
बिज्ञापन
काठमाडौं डिभिजन इन्जिनियरमा सुवोध देवकोटाको नाम प्रस्तावित भएको छ । त्यस्तै, चरिकोट डिभिजनमा नारायण भण्डारी, पोखरामा अमितकुमार शर्मा र नुवाकोटमा बद्री शर्माको सरुवा तय भएको बुझिएको छ ।
भक्तपुरका सुमनकुमार योगेश, झापा दमकका श्याम यादव, पाल्पाका रामपुकार जयसवाल, बुटवलका जीवेन्द्र झा र खुर्कोटका पारमणी धिताल भने यथावत राखिएका छन् । कालिगण्डकी डिभिजन इन्जिनियरमा शिवलाल दाहालको नाम पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
बिज्ञापन
आधिकारिक सरुवा सूची केही दिनमै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।