मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरदार २ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान काभ्रे मालपोत कार्यालयमा छापा मार्दै खरदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई घुससहित पक्राउ गरेको छ।

बिज्ञापन

आयोगका अनुसार भण्डारी सेवाग्राहीसँग काम अगाडि बढाइदिने नाममा रकम माग्दै आएको गोप्य सूचनाको आधारमा निगरानीमा रहेका थिए। त्यही क्रममा करिब ११ बजे सेवाग्राहीसँग लिएको २ लाख रुपैयाँसहित उनी रंगेहात पक्राउ परेका हुन्।

बिज्ञापन

छापामारीमा संलग्न आयोगका एक सदस्यले नाम नखुलाउने शर्तमा बताएअनुसार भण्डारीलाई नियन्त्रणमा लिएर मुचुल्का उठाउने काम भइरहेको छ। “अहिले आवश्यक कानूनी प्रक्रिया अघि बढिरहेको छ,” ती कर्मचारीले भने।

आयोगले भण्डारीलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। घटनाबारे प्रमाण संकलनको काम सकिएपछि मुद्दा दर्ता गर्ने तयारी भइरहेको अख्तियारले जनाएको छ।

बिज्ञापन

यसै अवसरमा अख्तियारले सेवाग्राहीलाई घुस नदिन र जबर्जस्ती दबाब वा माग भए तत्काल आयोगमा उजुरी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष