मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरदार २ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान काभ्रे मालपोत कार्यालयमा छापा मार्दै खरदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई घुससहित पक्राउ गरेको छ।

बिज्ञापन

आयोगका अनुसार भण्डारी सेवाग्राहीसँग काम अगाडि बढाइदिने नाममा रकम माग्दै आएको गोप्य सूचनाको आधारमा निगरानीमा रहेका थिए। त्यही क्रममा करिब ११ बजे सेवाग्राहीसँग लिएको २ लाख रुपैयाँसहित उनी रंगेहात पक्राउ परेका हुन्।

बिज्ञापन

छापामारीमा संलग्न आयोगका एक सदस्यले नाम नखुलाउने शर्तमा बताएअनुसार भण्डारीलाई नियन्त्रणमा लिएर मुचुल्का उठाउने काम भइरहेको छ। “अहिले आवश्यक कानूनी प्रक्रिया अघि बढिरहेको छ,” ती कर्मचारीले भने।

आयोगले भण्डारीलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। घटनाबारे प्रमाण संकलनको काम सकिएपछि मुद्दा दर्ता गर्ने तयारी भइरहेको अख्तियारले जनाएको छ।

बिज्ञापन

यसै अवसरमा अख्तियारले सेवाग्राहीलाई घुस नदिन र जबर्जस्ती दबाब वा माग भए तत्काल आयोगमा उजुरी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरदार २ लाख घुससहित पक्राउ

सहकारी साधारण सभामा गैर–सदस्यको प्रवेश निषेध

एकै पटक तीन सचिव पद रिक्त,को-को छन् बढुवाको लाइनमा ?

सामान्यमा रैथाने कर्मचारीहरुको रजगज, १३ बर्षसम्म एकै कार्यालयमा

काभ्रे मालपोत कार्यालयमा अख्तियारको छापा, २ लाखसहित नासु पक्राउ

तीन सहसचिवको सरुवा १७ दिनमै बदर

भ्रष्टचारीको सम्पत्ति राज्यको बनाउन खोज्दा सहसचिवमाथि उल्टै कारवाही,न्यायधीश बन्नबाट बञ्चित

प्रसासनिक संघीयताका लागि माइलस्टोन संघीय निजामती सेवा विद्येयक

बिशेष