अवकाश उमेर ५९ बनाउँदा पदपूर्तिमा अवरोध हुने चेतावनी

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष यज्ञबहादुर ओलीले संघीय निजामती सेवा ऐनमार्फत अवकाश उमेर ५९ वर्ष बनाउँदा व्यापक समस्या सिर्जना हुने चेतावनी दिएका छन्।

बिज्ञापन

उनका अनुसार हतारमा गरिएको यस्तो निर्णयले पदपूर्ति प्रक्रियामा अवरोध ल्याउनुका साथै कर्मचारीको वृतिविकास, मनोबल र नयाँ पुस्ताको अवसर सबैमा नकारात्मक असर पर्नेछ।

बिज्ञापन

“निजामति कितावखानाले २०८२/०४/०१ मा प्रकाशित सूचनाअनुसार यस आ.व.मै २,२११ जना अनिवार्य अवकाश हुने देखिन्छ। यस्तो अवस्थामा अवकाश उमेर ५९ बनाइयो भने कम्तीमा एक वर्षसम्म पदपूर्ति पूर्ण रूपमा रोकिँछ, लोकसेवा आयोगको कार्यतालिका प्रभावित हुन्छ र श्रम बजारमा दीर्घकालीन असर पर्छ,” ओलीले भने।

उनले २०८२ श्रावण १ देखि भदौ १६ सम्म मात्रै ३३० जना अवकाश भइसकेको तथ्याङ्क उल्लेख गर्दै एउटै आर्थिक वर्षमा कसैले तत्काल अवकाश पाउने, कसैलाई एक वर्ष थप हुने अवस्था ‘न्यायोचित सन्देश नदिने’ बताए।

बिज्ञापन

“अवकाश उमेर बढाउने कुरा केवल केही सीमित कर्मचारीहरूको हितमा मात्र केन्द्रित भएको देखिन्छ। यसले बढुवा प्रक्रिया रोकिन्छ, हजारौँ कर्मचारीको करियर रोक्छ, नव प्रतिभा पलायन हुने अवस्था आउँछ,” उनले चेतावनी दिए।

अघिल्ला कानुनहरूको नजिर देखाउँदै उनले संवेदनशील प्रावधानहरू कम्तीमा एक वर्षपछि मात्र लागू गर्ने परम्परा रहेको भन्दै अहिलेको विधेयकमा पनि त्यस्तो संक्रमणकालीन व्यवस्था आवश्यक रहेको स्पष्ट पारे।

“हाम्रो माग छ— यदि अवकाश उमेर ५९ बनाउने हो भने तत्काल नभई कम्तीमा एक वर्षपछि लागू गर्नुपर्छ। यसरी मात्र न्यायोचित, वैज्ञानिक र व्यवस्थित रूपमा समाधान सम्भव छ,” उपाध्यक्ष ओलीले भने।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेशका ६९ कर्मचारीको सरुवा

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

लेखाका ५५ कर्मचारी काज सरुवा

ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

बिशेष