अवकाश उमेर ५९ बनाउँदा पदपूर्तिमा अवरोध हुने चेतावनी

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष यज्ञबहादुर ओलीले संघीय निजामती सेवा ऐनमार्फत अवकाश उमेर ५९ वर्ष बनाउँदा व्यापक समस्या सिर्जना हुने चेतावनी दिएका छन्।

बिज्ञापन

उनका अनुसार हतारमा गरिएको यस्तो निर्णयले पदपूर्ति प्रक्रियामा अवरोध ल्याउनुका साथै कर्मचारीको वृतिविकास, मनोबल र नयाँ पुस्ताको अवसर सबैमा नकारात्मक असर पर्नेछ।

बिज्ञापन

“निजामति कितावखानाले २०८२/०४/०१ मा प्रकाशित सूचनाअनुसार यस आ.व.मै २,२११ जना अनिवार्य अवकाश हुने देखिन्छ। यस्तो अवस्थामा अवकाश उमेर ५९ बनाइयो भने कम्तीमा एक वर्षसम्म पदपूर्ति पूर्ण रूपमा रोकिँछ, लोकसेवा आयोगको कार्यतालिका प्रभावित हुन्छ र श्रम बजारमा दीर्घकालीन असर पर्छ,” ओलीले भने।

उनले २०८२ श्रावण १ देखि भदौ १६ सम्म मात्रै ३३० जना अवकाश भइसकेको तथ्याङ्क उल्लेख गर्दै एउटै आर्थिक वर्षमा कसैले तत्काल अवकाश पाउने, कसैलाई एक वर्ष थप हुने अवस्था ‘न्यायोचित सन्देश नदिने’ बताए।

बिज्ञापन

“अवकाश उमेर बढाउने कुरा केवल केही सीमित कर्मचारीहरूको हितमा मात्र केन्द्रित भएको देखिन्छ। यसले बढुवा प्रक्रिया रोकिन्छ, हजारौँ कर्मचारीको करियर रोक्छ, नव प्रतिभा पलायन हुने अवस्था आउँछ,” उनले चेतावनी दिए।

अघिल्ला कानुनहरूको नजिर देखाउँदै उनले संवेदनशील प्रावधानहरू कम्तीमा एक वर्षपछि मात्र लागू गर्ने परम्परा रहेको भन्दै अहिलेको विधेयकमा पनि त्यस्तो संक्रमणकालीन व्यवस्था आवश्यक रहेको स्पष्ट पारे।

“हाम्रो माग छ— यदि अवकाश उमेर ५९ बनाउने हो भने तत्काल नभई कम्तीमा एक वर्षपछि लागू गर्नुपर्छ। यसरी मात्र न्यायोचित, वैज्ञानिक र व्यवस्थित रूपमा समाधान सम्भव छ,” उपाध्यक्ष ओलीले भने।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष