बुढानिलकण्ठ–६ मा सडक भासिँदा ट्याक्सी फँस्यो

काठमाडौँ । राजधानीको बुढानिलकण्ठ नगरपालिका–६ मा सडक भासिँदा एक ट्याक्सी सडकमै फँसेको छ। शनिबार बिहान सडक भासिएको उक्त दृश्य नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

बिज्ञापन

 

बिज्ञापन

उनले तस्वीरसहितको पोस्टमा सडक निर्माणको गुणस्तर र निगरानीको कमजोरीप्रति प्रश्न उठाएका छन्। उपाध्यायले लेखेका छन्, “राजधानीकै सडक यस्तो हालतमा हुँदा सरकारको विकासप्रतिको उत्तरदायित्व कता छ भन्ने प्रश्न उठ्छ।”

 

बिज्ञापन

स्थानीयवासीले पनि वर्षा सुरु हुन नपाउँदै सडक भासिनु चिन्ताजनक रहेको भन्दै चासो प्रकट गरेका छन्। सडक विभाग र सम्बन्धित निकायले तत्काल निरीक्षण गरी मर्मत गर्नुपर्ने माग उनीहरूको छ।

 

सडक भासिँदा मानवीय क्षति नभए पनि ट्याक्सीलाई भने ठूलो क्षति पुगेको बताइएको छ।

सडक भासिँदा जनजीवन अस्तव्यस्त भएको छ तर सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौँ भने टुलुटुलु हेरेर बसिरहेको छ। तत्कालीन मर्मत र स्थायी समाधानको जिम्मेवारी लिने निकाय नै मौन बसेपछि जनतामा आक्रोश थपिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष