बुढानिलकण्ठ–६ मा सडक भासिँदा ट्याक्सी फँस्यो

काठमाडौँ । राजधानीको बुढानिलकण्ठ नगरपालिका–६ मा सडक भासिँदा एक ट्याक्सी सडकमै फँसेको छ। शनिबार बिहान सडक भासिएको उक्त दृश्य नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

बिज्ञापन

 

बिज्ञापन

उनले तस्वीरसहितको पोस्टमा सडक निर्माणको गुणस्तर र निगरानीको कमजोरीप्रति प्रश्न उठाएका छन्। उपाध्यायले लेखेका छन्, “राजधानीकै सडक यस्तो हालतमा हुँदा सरकारको विकासप्रतिको उत्तरदायित्व कता छ भन्ने प्रश्न उठ्छ।”

 

बिज्ञापन

स्थानीयवासीले पनि वर्षा सुरु हुन नपाउँदै सडक भासिनु चिन्ताजनक रहेको भन्दै चासो प्रकट गरेका छन्। सडक विभाग र सम्बन्धित निकायले तत्काल निरीक्षण गरी मर्मत गर्नुपर्ने माग उनीहरूको छ।

 

सडक भासिँदा मानवीय क्षति नभए पनि ट्याक्सीलाई भने ठूलो क्षति पुगेको बताइएको छ।

सडक भासिँदा जनजीवन अस्तव्यस्त भएको छ तर सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौँ भने टुलुटुलु हेरेर बसिरहेको छ। तत्कालीन मर्मत र स्थायी समाधानको जिम्मेवारी लिने निकाय नै मौन बसेपछि जनतामा आक्रोश थपिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष