‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवति न्यौपानेले सरुवामा भद्रगोल रहेको बताएकी छिन् । उनले अब कर्मचारी सरुवा स्वचालित बनाइने र बर्ष दिन अगाडि कुनै पनि कर्मचारीको सरुवा नहुने दावी गरेकी छिन् ।

बिज्ञापन

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको सेवा प्रवाह सञ्चालन केन्द्रको निरीक्षणपछि मन्त्री न्यौपानेले अब कर्मचारी सरुवा चक्रीय प्रणालीबाट हुने दावी गर्दै यस्तो बताएकी हुन ।
पछिल्लो समय एक महिना,दुई महिना, तीन महिनामै कर्मचारी सरुवा भइरहेको बताउँदै अब चक्रिय र स्वाचालित प्रणालीबाट कर्मचारी सरुवा हुने र त्यसका लागि मन्त्रालय नीति बनाउन लागिपरेको बताइन ।

बिज्ञापन

जसलाई जतिखेर मन लाग्यो उतिखेर सरुवा गरिएको बताउँदै उनले अब एक बर्षभन्दा तल कसैको सरुवा गर्न नपाइने र विशेष अवस्थामा मात्र सरुवा गर्न पाइने व्यवस्था बनाउन खोजिएकी बताएकी हुन ।
न्यौपानेले अब भनसुनको आधारमा कर्मचारीको सरुवा नहुने बताइन । अब मन्त्री र सचिव,सहसचिवहरुलाई भेटेर सरुवा गर्दिनुस भन्ने व्यवस्था अन्त्य गरिन्छ । अब कम्तिमा जहाँ कार्यरत छ त्यहीबाट कहाँ सरुवा हुन्छ भनेर पूर्वानुमान लगाउन सकिने गरी कर्मचारी सरुवा हुने बताएकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बिशेष