‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवति न्यौपानेले सरुवामा भद्रगोल रहेको बताएकी छिन् । उनले अब कर्मचारी सरुवा स्वचालित बनाइने र बर्ष दिन अगाडि कुनै पनि कर्मचारीको सरुवा नहुने दावी गरेकी छिन् ।

बिज्ञापन

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको सेवा प्रवाह सञ्चालन केन्द्रको निरीक्षणपछि मन्त्री न्यौपानेले अब कर्मचारी सरुवा चक्रीय प्रणालीबाट हुने दावी गर्दै यस्तो बताएकी हुन ।
पछिल्लो समय एक महिना,दुई महिना, तीन महिनामै कर्मचारी सरुवा भइरहेको बताउँदै अब चक्रिय र स्वाचालित प्रणालीबाट कर्मचारी सरुवा हुने र त्यसका लागि मन्त्रालय नीति बनाउन लागिपरेको बताइन ।

बिज्ञापन

जसलाई जतिखेर मन लाग्यो उतिखेर सरुवा गरिएको बताउँदै उनले अब एक बर्षभन्दा तल कसैको सरुवा गर्न नपाइने र विशेष अवस्थामा मात्र सरुवा गर्न पाइने व्यवस्था बनाउन खोजिएकी बताएकी हुन ।
न्यौपानेले अब भनसुनको आधारमा कर्मचारीको सरुवा नहुने बताइन । अब मन्त्री र सचिव,सहसचिवहरुलाई भेटेर सरुवा गर्दिनुस भन्ने व्यवस्था अन्त्य गरिन्छ । अब कम्तिमा जहाँ कार्यरत छ त्यहीबाट कहाँ सरुवा हुन्छ भनेर पूर्वानुमान लगाउन सकिने गरी कर्मचारी सरुवा हुने बताएकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

बिशेष