नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

यस वर्षको नाडा अटो शो विवादमा तानिएको छ । भृकुटीमण्डपमा भइरहेको अटो शोमा उड्ने कार (फ्लाइङ कार) भनेर देखाइएको साधन वास्तवमा कार नभई ठुलो आकारको ड्रोन मात्र भएको भेटिएपछि सर्वसाधारण दर्शक आक्रोशित भएका छन्।

बिज्ञापन

नाडा अटो शोमा प्रत्येक वर्ष नयाँ प्रविधि र गाडीको प्रदर्शन हुने गरेको भए पनि यस वर्ष एमएडब्लु कम्पनी र डिपल गाडीको सहकार्यमा ल्याइएको भनिएको “उड्ने कार” ले दर्शकलाई ठगिएको महसुस गराएको छ।

बिज्ञापन

एक जना दर्शकले भने, “उड्ने कार भन्छन् भनेर उत्साहित भएर हेर्न गएको थिएँ, तर त्यहाँ ठुलो ड्रोन देख्दा निराश भएँ। कार भन्नासाथ पांग्रा हुनु पर्ने होइन र ? यो त नेपालीलाई बेवकुफ बनाएको जस्तो लाग्यो।”

सामाजिक सञ्जालमा समेत यस घटनापछि आलोचना चर्किएको छ। धेरैले नाडाले यसरी नदेखिएको र नचलेको प्रविधि देखाएर ग्राहक आकर्षित गर्न खोजेको आरोप लगाएका छन्।

बिज्ञापन

विशेषज्ञहरूका अनुसार नेपालमा कारको नाममा ड्रोन प्रदर्शन गर्नु उपभोक्ता अधिकारविपरीतको कार्य हो। किनभने यसलाई बेच्न वा किन्न कानूनी प्रक्रिया नै नभएको, सरकारी नियमले समेत अनुमति नदिने स्पष्ट छ।

यस प्रकरणपछि अटो शोको विश्वसनीयतामै प्रश्न उठेको छ। दर्शकहरूले अबका दिनमा नाडाले प्रविधि र उत्पादन प्रदर्शन गर्दा स्पष्ट पारदर्शिता अपनाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

बिशेष