बिज्ञापन
काठमाडौँ । गृह मन्त्रालयले २४ जना उपसचिवको सरुवा गरेको छ । सरुवासँगै हिमाली तथा पहाडी क्षेत्रका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्।
बिज्ञापन
फेरिएका जिल्लामा बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुम पूर्व, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, डोल्पा र हुम्ला रहेका छन्।
त्यस्तै, सहसचिवहरुको समेत सरुवा भएको छ। सहसचिव छवि रिजाललाई काठमाडौंमा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। यसअघि काठमाडौंका सिडिओ ऋषिराम तिवारीलाई मन्त्रालयमै सरुवा गरिएको छ।
बिज्ञापन
गृहको कर्मचारी प्रशासन शाखामा भने सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी तोकिएको छ।