कार्यालय समयमा कमरेड कर्मचारीहरूको छमछमी

कार्यालय समयमा नै कर्मचारीहरू पार्टी भेन्युमा छमछमी नाचिरहेको दृश्यले सेवाग्राहीहरू आक्रोशित बनेका छन् । नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका महिला नेत्री तथा कर्मचारीहरूले नेपाल राष्ट्रिय कर्मचारी महासंघको आयोजनामा आयोजित तीज विशेष कार्यक्रममा कार्यसमयमै सहभागिता जनाएका हुन् ।

बिज्ञापन

 

बिज्ञापन

राजधानीको क्रिस्टल पार्टी भेन्युमा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम बिहान ११ बजेदेखि सुरु भई दिनभरजसो चल्यो । निजामती कर्मचारीहरूको कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भए पनि, १० बजे हाजिर गरेरै कर्मचारीहरू कार्यक्रममा रमाइरहेका थिए ।

 

बिज्ञापन

कार्यक्रममा नाचगान, गीत–संगीत र तीज विशेष प्रस्तुतिहरू भइरहँदा सेवाग्राहीहरू चाहिँ कार्यालय धाएर निराश बनेका थिए । सेवाग्राहीहरूले “कार्यालय समयमै कर्मचारीहरू पार्टीमा रमाउँदा हामीलाई जरुरी सेवा लिन अप्ठ्यारो भएको छ” भन्दै असन्तोष पोखेका छन् ।

 

महिला महान पर्व तीज नजिकिँदै गर्दा उत्सवमय माहोल बनाउने बहानामा कार्यालय समयमै कर्मचारीलाई ठूलो संख्यामा परिचालन गरिनु गैरजिम्मेवार व्यवहार भएको भन्दै आलोचना भएको छ । यसरी सेवाग्राही मारमा पर्दा पनि निगरानी गर्ने जिम्मेवारी लिएको राष्ट्रिय सतर्कता केन्द्र भने मौन बसेको देखिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

करार कर्मचारीलाई मात्रै डेढ करोड

निजामती प्रशासनमा अभूतपूर्व संकट

बिशेष