अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिज्ञापन
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएपछि सोमबार ७ लाख ३१ हजार रुपैयाँ विगो कायम गरी आरोप–पत्र दायर गरिएको हो।
बिज्ञापन
यादवविरुद्ध कैलाली चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनका काठसम्बन्धी बिमार्का र छोडपूर्जी मिलाइदिने नाममा सेवाग्राहीसँग रकम माग गरेको उजुरी परेको थियो। त्यसपछि गरिएको अनुसन्धानमा उनले सोही रकम घुसका रूपमा लिएको पुष्टिसमेत भएको अख्तियारले जनाएको छ।
केही समयअघि यादव सेवाग्राहीबाट ७ लाख ३१ हजार घुस लिँदालिँदै अख्तियारको टोलीको नियन्त्रणमा परेका थिए। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कारबाही गरी कैद तथा सजायको माग गरेको छ।
बिज्ञापन