७ लाख ३१ हजार घुस प्रकरणमा वरिष्ठ वन अधिकृत यादवविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सेवाग्राहीसँग घुस लिएको प्रमाणित भएपछि सोमबार ७ लाख ३१ हजार रुपैयाँ विगो कायम गरी आरोप–पत्र दायर गरिएको हो।

बिज्ञापन

यादवविरुद्ध कैलाली चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनका काठसम्बन्धी बिमार्का र छोडपूर्जी मिलाइदिने नाममा सेवाग्राहीसँग रकम माग गरेको उजुरी परेको थियो। त्यसपछि गरिएको अनुसन्धानमा उनले सोही रकम घुसका रूपमा लिएको पुष्टिसमेत भएको अख्तियारले जनाएको छ।

केही समयअघि यादव सेवाग्राहीबाट ७ लाख ३१ हजार घुस लिँदालिँदै अख्तियारको टोलीको नियन्त्रणमा परेका थिए। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कारबाही गरी कैद तथा सजायको माग गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष