गत २४ जुलाईमा प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबकु पेजबाट एउटा तथ्यांक पेश भएको छ,जहाँ लेखिएको छ, यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ।
बिज्ञापन
के यो प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैंको सही तथ्यांक हो ? वा मिथ्यांक राखेर प्रधानमन्त्री तथा सरकार प्रमुख आत्मरतिमा रमाइहरेका हुन ? तथ्यहरु खोतल्दा भेटिन्छ सरकार प्रमुखको यो आत्मरति मात्र हो ।
बिज्ञापन
भन्सार विभागले गत ६ साउनमा सार्वजनिक गरेको अघिल्लो आर्थिक बर्षको तथ्यांक विश्लेषण गर्ने हो भने नेपालले विश्वका १६५ देशसँग बस्तुहरु किनबेच गर्दै आएकोमा १३४ वटा देशसँग त घाटाको व्यापार गरिरहेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको भन्दै सामाजिक सञ्जालको भित्ता रङ्गाइरहेका छन् ।
बिज्ञापन
गत वर्ष धेरै निर्यात भएका वस्तुको पहिलो स्थानमा देखिन्छ सोयाबिनको तेल । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरण अनुसार नेपालले १ खर्ब ६ अर्ब रुपैयाँको निर्यात गरेको छ । नेपाल सोयाबिनमा अझैंसम्म आत्मनिर्भर छैन । अहिले हामीले भारतमा निर्यात गरिरहेको सोयाबिन तेल अर्जेन्टिना लगायतको देशबाट आयात गरेर सोही सोयाबिन प्याकिङ गरेर भारतलाई बेचिरहेका हो । यस्तै नेपालबाट सबैभन्दा धेरै निर्यात हुने बस्तुको दोस्रो सूचीमा देखिन्छ सूर्यमुखी तेल छ । नेपालले गत बर्ष २ अर्बको मात्र निर्यात गरेको छ ।
सरकार प्रमुख यसैमा गर्व गरेर प्रचार गरिरहेका छन् कि नेपाल आत्मनिर्भरको बाटोमा लाग्यो । चार वर्ष पहिले पाम तेलको निर्यात ४१ अर्ब हुँदा पहिलो पटक नेपालको निर्यात दुई खर्ब पुगेको थियो । तर, पछि भारतले नीति परिवर्तन गरेपछि यसको निर्यात घटेर चालु आर्थिक वर्षमा २ अर्बमा सीमित भएको छ ।
आर्थिक वर्षमा १५ देशबाट १ खर्ब ९ अर्बको भटमास आयात गरी १ खर्ब ६ अर्बको निर्यात गरेको छ । सरकारले निर्यात ८१ प्रतिशत बढेको दाबी गरिरहेको छ । तर, त्यो निर्यात नेपालको वास्तविक निर्यात भने होइन । गत वर्ष कुल १ खर्ब २२ अर्बको तेल निर्यात भएको छ, जुन गत वर्ष ७ अर्ब ४३ करोडको मात्रै थियो । नेपालले गत वर्ष निर्यातमा छलाङ मारेको क्षेत्र भटमासको तेल अघिल्लो वर्ष ९० करोडको मात्रै निर्यात भएको थियो । एकाएक एकै वर्षमा ९० करोडबाट १ खर्ब ६ अर्बको निर्यात कसरी भयो त ? भन्सारका सूत्रहरु भन्छन्,नेपालले अर्जेन्टिना, ब्राजिल लगायतका १५ देशबाट १ खर्ब ९ अर्बको भटमास आयात गरी प्रशोधान गरेर १ खर्ब ६ अर्बको निर्यात गरेको हो । सबैभन्दा बढी अर्जेन्टिनाबाट ८८ अर्ब ९० करोडको ५८ करोड ५० लाख किलो भटमास आयात भएको छ । त्यस्तै ब्राजिलबाट ९ अर्ब ९९ करोडको, इराकबाट १ अर्ब ९२ करोडको, चीनबाट १ अर्ब १ करोडको आयात भएको छ । यी देशका अलावा बेनिङ, टोगो पाराग्वे, जर्मनी, भारत, कोरिया, मलेसिया र अमेरिका गरी १५ देशबाट भटमास आयात भएको छ ।
तथ्यांक केलाउने हो भने नेपालको व्यापार घाटा सोमालिया,कंगो लगायतका मुलुकबाट समेत घाटाको व्यापार गरिरहेको छ । यस्का अलवा गाबोन, युगान्डा, मादागास्कर, सर्बिया, नाइजर, गुयना, भानुआतु, रुवान्डा, सियरालियोनसँग समेत नेपाल व्यापार घाटा सहिरहेको छ । दुई छिमेकीमध्ये दक्षिणी छिमेकी मुलुक भारतसँग ८ खर्ब ४६ अर्ब घाटा छ । चीनसँग ३ खर्ब ३८ अर्ब र अर्जेन्टिनासँग ९९ अर्ब २९ करोडको व्यापार घाटा खाइरहेको छ । युक्रेन, यूएई, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया र ब्राजिलका अलवा कतार, फ्रान्स, साउदी अरेबिया, क्यानडा, अमेरिका, भियतनाम, कोरिया, सिंगापुर, जापान, बंगलादेश, टर्की, बेलायत, ओमान, म्यान्मार र तुर्कीमिनिस्तानसँग पनि नेपालले घाटाको व्यापार गरिरहेको छ ।