वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा झापा दोश्रो,धनुषा पहिलो

झापा जिल्लाबाट प्रतिनिधित्व केपी शर्मा ओली अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । सबैभन्दा धेरै (४ पटक)कम्युनिष्ट प्रधानमन्त्री बनेर रेकर्ड राख्न सफल ओलीकै गृह जिल्ला झापाबाट मात्र वैदेशिक रोजगारीमा पुग्ने युवाको संख्या ५ प्रतिशत हाराहारी रहेको एउटा तथ्यांक सार्वजनिक भएको छ ।

बिज्ञापन

गत आर्थिक बर्षमा ८ लाख ३९ हजार युवा रोजगारी खोज्दै विश्वका १५१ मुलुकमा पुगेका छन् । तिनैमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट मात्र ३८ हजार ८०० युवाहरु रोजगारीको खोजीमा मरभूमितिर पुगेको हुन । तथ्याङ्गगत रुपमा हेर्दा वैदेशिक रोजगारीमा जानेमध्ये झण्डै पाँच प्रतिशत जनसंख्या झापा जिल्लाबाटै रहेका भेटिएको हो । यो संख्यामा भारत पुग्ने कामदारको हिसाब समेटिएको छैन । झापा जिल्लाबाट ७ हजार ६३१ महिला र ३१ हजार १ सय ६९ पुरुष वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा श्रम बेच्न पुगेका हुन । यस्तै जिटुजी सम्झौता अन्र्तगत रोजगारीमा जाने १३१ महिलासहित ६९१ रहेका छन् । वैदेशिक रोजगारीमा सबैभन्दा धेरै जानेमा धनुषा पहिलो र झापा जिल्ला दोश्रो स्थानमा छ ।

बिज्ञापन

धनुषाबाट ४०१ महिलासहित ४४ हजार ७४४ जना रहेका छन् । सिरहाबाट २३३ महिलासहित ३४ हजार ५९३ श्रम खोज्दै विदेश पुगेका छन् । मोरङ्गबाट ५१८७ महिलासहित ३४ हजार ४६७,महोत्तरीबाट ३९४ महिलासहित ३० हजार ९८७ श्रम खोज्दै विदेश पुगेका हुन । सुनसरी २७ सय ५४ महिलासहित २७ हजार १६०,रुपन्देहीबाट २२८७ महिलासहित २६ हजार ४५१ जना विदेश पुगेको तथ्यांक सार्वजनिक भएको छ । सर्लाहीबाट २२ हजार ६०१ पुरुषसहित १३ सय ५८ जना महिला गरी २३ हजार ९५९ श्रम खोज्दै विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागले दिएको तथ्यांक अनुसार,सप्तरीबाट २१ हजार ४७१ पुरुष र २८७ महिला गरी २१ हजार ७५८ जना रहेका छन् । यस्तै, चितवनबाट २१ हजार १३४ जना रोजगारीको सिलसिलामा विदेश पुगेका हुन । महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङ्गबाट वैदेशिक रोजगारीमा जानेको संख्या १८ हजार ९२२ रहेको छ । रोजगारीको सिलसिलामा सबैभन्दा धेरै तराईका युवाहरु विदेश पुगेको देखिन्छ । अघिल्लो आर्थिक बर्षमा धनुषाबाट ३९ हजार १०७ जना विदेश गएको देखिन्छ भने गत बर्ष ५ हजार ६३७ युवा थपिएर ४४ हजार ७४४ विदेश पुगेको देखिन्छ । यस्तै अघिल्लो आर्थिक बर्ष झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा पुगेका थिए भने गत बर्ष ४ हजार ४ सय ३८ युवा थपिएर झापाबाटमात्र ३८ हजार ८ सय रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए ।

गत आर्थिक वर्ष ०८०/०८१ मा ७ लाख ४१ हजार नेपाली विदेश गएका थिए पछिल्लो आर्थिक बर्षम ९८ हजार २ सय ६६ थपिएर ८ लाख ३९ हजार २६६ जना रहेका छन् । जसमा महिलाको संख्या ९४ हजार ४ सय ५५ रहेको छ । जसमध्ये हाइ स्किल भएका ६९२ पुरुष र २४५ महिला गरी ९३७ जना रहेका छन् । यस्तै,प्रोफेशनल ६२३ महिलासहित ४३७२,सेमी स्किल ९९ हजार ७२३ रहेका छन् भने केही सिप नभएका २ लाख २७ हजार ४०७ जना जनशक्ति विदेश पुगेका वैदेशिक रोजगार विभागले जनाएको छ ।

बिज्ञापन

यसैबीच श्रम मन्त्री शरद्सिंह भण्डारीले कुर्सीबाट हट्नै लाग्दा मेनपावर व्यवसायीलाई पोस्ने गरी एउटा कार्यविधि सुटुक्क स्वीकृत गराएका छन् । मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउने जिम्मा मेनपावर कम्पनीलाई दिने गरी अघिल्लो बर्ष बनाएको कार्यविधि मन्त्रीबाट हट्नु अगाडि पास गराएको मन्त्रालय स्रोतको भनाई छ । हाल नेपाली कामदारहरु इपिएस प्रणालीअन्तर्गत अर्थात जिटुजी मार्फत गइरहेका छन् । यसरी जाँदा नेपाली कामदारले टिकटबाहेक अरु शुल्क तिनुपर्दैन । बर्षेनी दशौं हजार श्रमिक जाँदा सरकारी अधिकारीहरु चिल्लै हुँदै आएकोमा अब केही सीमित म्यानपावरलाई यो जिम्मा लगाएर सरकारी कर्मचारीले समेत मह चाढ्न पाउने गरी कार्यविधि स्वीकृत भएको मन्त्रालय स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष