वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा झापा दोश्रो,धनुषा पहिलो

झापा जिल्लाबाट प्रतिनिधित्व केपी शर्मा ओली अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । सबैभन्दा धेरै (४ पटक)कम्युनिष्ट प्रधानमन्त्री बनेर रेकर्ड राख्न सफल ओलीकै गृह जिल्ला झापाबाट मात्र वैदेशिक रोजगारीमा पुग्ने युवाको संख्या ५ प्रतिशत हाराहारी रहेको एउटा तथ्यांक सार्वजनिक भएको छ ।

बिज्ञापन

गत आर्थिक बर्षमा ८ लाख ३९ हजार युवा रोजगारी खोज्दै विश्वका १५१ मुलुकमा पुगेका छन् । तिनैमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट मात्र ३८ हजार ८०० युवाहरु रोजगारीको खोजीमा मरभूमितिर पुगेको हुन । तथ्याङ्गगत रुपमा हेर्दा वैदेशिक रोजगारीमा जानेमध्ये झण्डै पाँच प्रतिशत जनसंख्या झापा जिल्लाबाटै रहेका भेटिएको हो । यो संख्यामा भारत पुग्ने कामदारको हिसाब समेटिएको छैन । झापा जिल्लाबाट ७ हजार ६३१ महिला र ३१ हजार १ सय ६९ पुरुष वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा श्रम बेच्न पुगेका हुन । यस्तै जिटुजी सम्झौता अन्र्तगत रोजगारीमा जाने १३१ महिलासहित ६९१ रहेका छन् । वैदेशिक रोजगारीमा सबैभन्दा धेरै जानेमा धनुषा पहिलो र झापा जिल्ला दोश्रो स्थानमा छ ।

बिज्ञापन

धनुषाबाट ४०१ महिलासहित ४४ हजार ७४४ जना रहेका छन् । सिरहाबाट २३३ महिलासहित ३४ हजार ५९३ श्रम खोज्दै विदेश पुगेका छन् । मोरङ्गबाट ५१८७ महिलासहित ३४ हजार ४६७,महोत्तरीबाट ३९४ महिलासहित ३० हजार ९८७ श्रम खोज्दै विदेश पुगेका हुन । सुनसरी २७ सय ५४ महिलासहित २७ हजार १६०,रुपन्देहीबाट २२८७ महिलासहित २६ हजार ४५१ जना विदेश पुगेको तथ्यांक सार्वजनिक भएको छ । सर्लाहीबाट २२ हजार ६०१ पुरुषसहित १३ सय ५८ जना महिला गरी २३ हजार ९५९ श्रम खोज्दै विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागले दिएको तथ्यांक अनुसार,सप्तरीबाट २१ हजार ४७१ पुरुष र २८७ महिला गरी २१ हजार ७५८ जना रहेका छन् । यस्तै, चितवनबाट २१ हजार १३४ जना रोजगारीको सिलसिलामा विदेश पुगेका हुन । महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङ्गबाट वैदेशिक रोजगारीमा जानेको संख्या १८ हजार ९२२ रहेको छ । रोजगारीको सिलसिलामा सबैभन्दा धेरै तराईका युवाहरु विदेश पुगेको देखिन्छ । अघिल्लो आर्थिक बर्षमा धनुषाबाट ३९ हजार १०७ जना विदेश गएको देखिन्छ भने गत बर्ष ५ हजार ६३७ युवा थपिएर ४४ हजार ७४४ विदेश पुगेको देखिन्छ । यस्तै अघिल्लो आर्थिक बर्ष झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा पुगेका थिए भने गत बर्ष ४ हजार ४ सय ३८ युवा थपिएर झापाबाटमात्र ३८ हजार ८ सय रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए ।

गत आर्थिक वर्ष ०८०/०८१ मा ७ लाख ४१ हजार नेपाली विदेश गएका थिए पछिल्लो आर्थिक बर्षम ९८ हजार २ सय ६६ थपिएर ८ लाख ३९ हजार २६६ जना रहेका छन् । जसमा महिलाको संख्या ९४ हजार ४ सय ५५ रहेको छ । जसमध्ये हाइ स्किल भएका ६९२ पुरुष र २४५ महिला गरी ९३७ जना रहेका छन् । यस्तै,प्रोफेशनल ६२३ महिलासहित ४३७२,सेमी स्किल ९९ हजार ७२३ रहेका छन् भने केही सिप नभएका २ लाख २७ हजार ४०७ जना जनशक्ति विदेश पुगेका वैदेशिक रोजगार विभागले जनाएको छ ।

बिज्ञापन

यसैबीच श्रम मन्त्री शरद्सिंह भण्डारीले कुर्सीबाट हट्नै लाग्दा मेनपावर व्यवसायीलाई पोस्ने गरी एउटा कार्यविधि सुटुक्क स्वीकृत गराएका छन् । मन्त्रालयले दक्षिण कोरियामा नेपाली कामदार पठाउने जिम्मा मेनपावर कम्पनीलाई दिने गरी अघिल्लो बर्ष बनाएको कार्यविधि मन्त्रीबाट हट्नु अगाडि पास गराएको मन्त्रालय स्रोतको भनाई छ । हाल नेपाली कामदारहरु इपिएस प्रणालीअन्तर्गत अर्थात जिटुजी मार्फत गइरहेका छन् । यसरी जाँदा नेपाली कामदारले टिकटबाहेक अरु शुल्क तिनुपर्दैन । बर्षेनी दशौं हजार श्रमिक जाँदा सरकारी अधिकारीहरु चिल्लै हुँदै आएकोमा अब केही सीमित म्यानपावरलाई यो जिम्मा लगाएर सरकारी कर्मचारीले समेत मह चाढ्न पाउने गरी कार्यविधि स्वीकृत भएको मन्त्रालय स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष