बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्री नियुक्त गरेका छन्। सोमबार उनले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

बिज्ञापन

नियुक्त भएका तीनमध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। माया श्रेष्ठ र गीता गुरुङको मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन।

बिज्ञापन

कांग्रेस नेतृत्वमा रहेका पाँच मन्त्रालय—युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालय—अहिलेसम्म नेतृत्वविहीन छन्। लम्सालको नियुक्तिपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मात्र नेतृत्व पुगेको छ।

यसअघि, ९ साउनमा चार जना र १३ साउनमा एक जना गरी कांग्रेसका पाँच जना मन्त्रीले मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै राजीनामा दिएका थिए। त्यसयता ती मन्त्रालयहरू रिक्त थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

बिशेष