गुनासो भए पोख्न छुट्टै कुना

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ ।सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको हो ।

बिज्ञापन

मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखाअन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत कार्य गर्ने जनाइएको छ ।सेवाग्राहीले विभिन्न सञ्चारसाधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वा पत्राचार गरी गुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार सहजकर्ताले तत्कालै सम्बोधन गर्न नसक्ने भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव भए सम्बोधन गर्ने, नसक्ने भए महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रको खरिदमा कराडौंको सेटिङ, ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष