गुनासो भए पोख्न छुट्टै कुना

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ ।सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि मन्त्रालयले गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको हो ।

बिज्ञापन

मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखाअन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत कार्य गर्ने जनाइएको छ ।सेवाग्राहीले विभिन्न सञ्चारसाधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वा पत्राचार गरी गुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार सहजकर्ताले तत्कालै सम्बोधन गर्न नसक्ने भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव भए सम्बोधन गर्ने, नसक्ने भए महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

नक्कली लालपुर्जा जारी गरेको आरोपमा मालपोत अधिकृतसहित २ पक्राउ

संसदीय विशेष छानविन समितिको म्याद साता दिन थप्ने तयारी

यता छानबिन,उता सँगसँगै सरुवा र बढूवा

यस्ता छन् संघीय निजामती विद्येयकमा सांसदहरुको संशोधन प्रस्ताव

घुमुवामार्फत असुलीमा संलग्न तीन जना तानिए, एसपी खड्काको भूमिका फेरि प्रश्नमा

३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा

गुनासो भए पोख्न छुट्टै कुना

बिशेष