कवि,श्रष्टा तथा सर्जकहरूलाई कविता पठाउन आह्वान

सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानले आगामी साउन १५ गते आयोजना हुने खुला कविता प्रतियोगितामा भाग लिन इच्छुक कवि,सर्जक तथा श्रष्टासँग कविता आह्वान गरेको छ ।

बिज्ञापन

सहिद मनोज झपेन्द्र स्मृति दिवस २०८२ को अवसरमा एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल र सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानद्वारा आगामी श्रावण १५ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुने खुला कविता प्रतियोगितामा भाग लिन इच्छुक कवि,श्रष्टा र सर्जकहरूलाई आह्वान गर्दै यही ९ साउन साँझ साढे चार बजेभित्र कविता बुझाउन श्रष्टा तथा सर्जकसँग आयोजकले आह्वान गरेको हो ।

बिज्ञापन

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कविता प्रतियोगितामा प्रथम हुनेले प्रमाणपत्रसहित नगद २१ हजार, दोस्रोलाई प्रमाणपत्र र नगद १५ हजार,तेस्रोले १० हजार र प्रोत्साहन पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र रहेको छ । उत्कृष्ट कविता सहिद मनोज झपेन्द्र स्मृति प्रतिष्ठानको स्मारिकामा प्रकाशन गरिने आयोजकले जनाएको छ ।
कविता पठाउने इमेल ठेगना [email protected] रहेको छ । थप बिषय बुझ्नका लागि हरिकाजी राई ९८४१२८६१३५,शोभा अधिकारी पराजुली ९८४१७६२५५१, राजकुमार पोखरेल: ९८४७०४०३१४ सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जीपी कोइराला केन्द्रको खरिदमा कराडौंको सेटिङ, ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

बिशेष