पलको गाउँमा समीक्षा ‘बहिष्कृत’

अभिनेता पल शाहको गृह जिल्ला दाङमा गायिका समीक्षा अधिकारीलाई स्थानीयले ‘बहिष्कार’गरेका छन् । होली विशेष कार्यक्रममा गीत गाउन हिजो तुल्सीपुर पुगेकी समीक्षा दर्शक नआएपछि त्यसै फर्किनुपरेको हो ।

बिज्ञापन

तुलसीपुरस्थित प्राकृतिक कला केन्द्रले चैत ९ देखि १२ गतेसम्म ‘होली फेस्टिभल २०८०’आयोजना गरेको छ । समीक्षाले हिजो साँझ पाँच बजे प्रस्तुती दिने कार्यक्रम थियो ।

बिज्ञापन

जसअनुसार समयमै कार्यक्रमस्थल अरनिको मैदान पुगेकी उनलाई दर्शकको साथ मिलेन । मैदानमा जम्मा दुई दर्जनजति मात्रै दर्शक देखिएपछि समीक्षाले आयोजकसँग माफी माफ्दै गीत नगाउने निर्णय गरेको बताइएको छ ।

उनको निर्णयमा सहमत भएको आयोजक पक्ष पनि पारिश्रमिक दिएर फर्काउन तयार भयो । तर, गीत नगाएकाले पारिश्रमिक नलिने भन्दै समीक्षा कार्यक्रमस्थलबाट बाहिरिएको बुझिएको छ ।

बिज्ञापन

पल शाहमाथि जबर्जस्ती करणी आरोप लगाएपछि समीक्षालाई दाङमा प्रतिबन्ध लगाइएको थियो । त्यसैको प्रभाव हिजो तुल्सिपुरमा देखिएको अड्कल गरिएको छ ।

यसअघि पनि दाङका विभिन्न कार्यक्रमहरुमा उनीविरुद्ध नाराबाजी हुने गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष