रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

चीनले नेपाल–चीन प्रमुख नाका रसुवागढीमा अस्थायी पुल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। नेपालका लागि चिनियाँ राजदूत चेन साङले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँगको भेटमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

बिज्ञापन

मन्त्रालयमा सम्पन्न भेटवार्तामा बाढीले क्षति पुर्‍याएको स्याफ्रुबेसी–रसुवागढी सडक र सीमा पुल पुनर्निर्माणका विषयमा छलफल भएको थियो। मन्त्रालयका अनुसार चिनियाँ पक्षले सडक तथा पुल पुनःनिर्माणमा गहिरो चासो देखाएको छ। विशेषतः सिघ्र आवत–जावत सुनिश्चित गर्न रसुवागढी नाकामा अस्थायी पुल जतिसक्दो छिटो निर्माण गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्रालयले जानकारी दिएको छ।

बिज्ञापन

भेटमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायत चिनियाँ सहयोगमा सञ्चालित अन्य पूर्वाधार आयोजनाबारे पनि छलफल भएको थियो। चिनियाँ राजदूत साङले काठमाडौं–चक्रपथ दोस्रो खण्डको विस्तार कार्य चाँडै सुरु हुने जानकारीसमेत गराएका छन्।

भेटपछिको प्रतिक्रिया दिँदै मन्त्री दाहालले नेपालको पूर्वाधार विकासमा चीनले गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गरे। उनले दुई देशबीचको सहकार्य भविष्यमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

बिज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढीले बगाएको सीमापुलको स्थानमा दसैंअघि नै अस्थायी पुल निर्माण हुने अपेक्षा व्यक्त गरे। उनका अनुसार मन्त्री दाहाल, सचिवालय र सडक विभागका अधिकारीहरूबीच सोहीबारे फलदायी छलफल भएको छ।

छलफलमा सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीसहित मन्त्रालय तथा विभागका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। रसुवागढी नाका बाढीपछिको अवस्था सामान्य पार्न मन्त्री दाहाल निरन्तर चासो दिँदै आएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष