रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

चीनले नेपाल–चीन प्रमुख नाका रसुवागढीमा अस्थायी पुल निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। नेपालका लागि चिनियाँ राजदूत चेन साङले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँगको भेटमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

बिज्ञापन

मन्त्रालयमा सम्पन्न भेटवार्तामा बाढीले क्षति पुर्‍याएको स्याफ्रुबेसी–रसुवागढी सडक र सीमा पुल पुनर्निर्माणका विषयमा छलफल भएको थियो। मन्त्रालयका अनुसार चिनियाँ पक्षले सडक तथा पुल पुनःनिर्माणमा गहिरो चासो देखाएको छ। विशेषतः सिघ्र आवत–जावत सुनिश्चित गर्न रसुवागढी नाकामा अस्थायी पुल जतिसक्दो छिटो निर्माण गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्रालयले जानकारी दिएको छ।

बिज्ञापन

भेटमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायत चिनियाँ सहयोगमा सञ्चालित अन्य पूर्वाधार आयोजनाबारे पनि छलफल भएको थियो। चिनियाँ राजदूत साङले काठमाडौं–चक्रपथ दोस्रो खण्डको विस्तार कार्य चाँडै सुरु हुने जानकारीसमेत गराएका छन्।

भेटपछिको प्रतिक्रिया दिँदै मन्त्री दाहालले नेपालको पूर्वाधार विकासमा चीनले गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गरे। उनले दुई देशबीचको सहकार्य भविष्यमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

बिज्ञापन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढीले बगाएको सीमापुलको स्थानमा दसैंअघि नै अस्थायी पुल निर्माण हुने अपेक्षा व्यक्त गरे। उनका अनुसार मन्त्री दाहाल, सचिवालय र सडक विभागका अधिकारीहरूबीच सोहीबारे फलदायी छलफल भएको छ।

छलफलमा सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीसहित मन्त्रालय तथा विभागका अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। रसुवागढी नाका बाढीपछिको अवस्था सामान्य पार्न मन्त्री दाहाल निरन्तर चासो दिँदै आएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष