घुस डिल गर्ने बिचौलियालाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्छ : सूर्य थापा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विवादास्पद ७८ लाख रुपैयाँ घुस डिल प्रकरणमा राजीनामा दिएपछि नेकपा (एमाले)का सांसद सूर्य थापाले अडियोमा संलग्न भनिएका बिचौलियालाई पनि छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

बिज्ञापन

सांसद थापाले सामाजिक सञ्जालमार्फत स्पष्ट रूपमा भनेका छन्, “मन्त्रीले राजीनामा दिनु यस विषयमा गम्भीर छानबिनको मागलाई स्वीकार गर्नु हो । तर अब बिचौलिया, भ्रष्ट, झोसपोलवाला र ठगहरू कोही पनि छानबिनको दायराबाहिर रहनु हुँदैन।”

बिज्ञापन

प्रकरणको मूल विषय कास्कीको बाटुलेचौरस्थित थकाली समुदायको करिब १५० रोपनी जग्गासँग जोडिएको छ । आरोपअनुसार एमालेनिकट सुजन लामाले मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोकाउन ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएको हो ।

लामा एमालेका आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव तथा एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकारसमेत हुन्। अडियोमा लामाले मन्त्री गुप्तासँगको सघन सम्बन्ध प्रयोग गरेर सरुवा प्रक्रिया रोकाउने प्रयास गरेको आशंका गरिएको छ।

बिज्ञापन

सांसद थापाले पार्टी वा नाता होइन, अपराध र संलग्नताको आधारमा छानबिन हुनुपर्ने धारणा राखेका छन् । उनले लेखेका छन्, “जो जुन पार्टीमा छन्, जोसुकै भए पनि, सार्वजनिक अडियोमा बोलेका सबैलाई नियन्त्रणमा लिई छानबिन हुनुपर्छ।”

थापाका अनुसार यो विषय केवल आरोप–प्रत्यारोपको राजनीतिक अस्त्र वा फसफस गर्ने मसला होइन । “यो सुशासनको प्रत्याभूति गर्न र अख्तियारजस्ता संवैधानिक निकायले कानूनी प्रक्रिया निष्पक्षताका साथ अघि बढाउनको लागि हो,” उनले भनेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६० हजार घुस सहित नापी कार्यालय चाबहिलका अमिन खत्री पक्राउ

म्यानपावर व्यवसायीलाई मन्त्रालयमा माला

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

अर्काे पूर्व महानिर्देशक कारागार चलान

दुई महिनापछि सचिव बैठक : ५५- ३० को प्रावधान र छड्के प्रवेशबारे छलफल

बालेनका सल्लाहकार सुवास र रास्वपा सांसद केपीको चियादानीले ७५ लाख कर छलेको भन्दै उजुरी

महानिर्देशक र निर्देशक थप चार दिन थुनामा

भिआइपी जोडिएको ई- पासपोर्ट अनियमितता : निगरानीमा परराष्ट्रका अधिकारीहरु

बिशेष