सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो नाम घुस डिल प्रकरणसँग जोडिएपछि पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनहरूमा निरन्तर रूपमा आफूविरुद्ध चलेको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री समक्ष पदत्यागको निर्णय गरेका हुन्।

बिज्ञापन

‘बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ,’ गुप्ताले भनेका छन्, ‘कहिले काँही नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए।’

बिज्ञापन

उनले आफूमाथि लागेका आरोपको सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान आवश्यक रहेको बताउँदै त्यसका लागि पदत्यागले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। “अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले भने।

गुप्ताले प्रविधिको उच्चतम दुरुपयोगबाट आफू पीडित भएको भन्दै अरू कोही पनि यसरी नपरेून् भन्ने कामना समेत व्यक्त गरे। साथै, आजसम्म विभिन्न रूपमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिवद्धता जनाए।

बिज्ञापन

‘अब फेरि एकपटक देश र जनता प्रतिको थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धतासहित जनताको घरदैलोमा आउने प्रण गर्दछु,’ गुप्ताले अन्त्यमा बताएका छन्।

गुप्ताले राजीनामा दिएसँगै अब उक्त प्रकरणको छानबिनमा नयाँ मोड आउने अनुमान गरिएको छ। सरकारभित्र उनको राजीनामालाई राजनीतिक र नैतिक जिम्मेवारीको रूपमा हेरिएको छ भने प्रतिपक्षले यसलाई आंशिक जीतको रूपमा व्याख्या गर्न थालेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यागमन विभाग र विमानस्थलमा नयाँ नेतृत्व, पाँच सहसचिवको सरुवा

२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख रंगेहात पक्राउ

सेवन्तकले लिए शपथ

राजकुमारको ठाउँमा भगवतीलाई मन्त्री बनाउने तयारी

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

बिशेष