सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो नाम घुस डिल प्रकरणसँग जोडिएपछि पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनहरूमा निरन्तर रूपमा आफूविरुद्ध चलेको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री समक्ष पदत्यागको निर्णय गरेका हुन्।

बिज्ञापन

‘बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ,’ गुप्ताले भनेका छन्, ‘कहिले काँही नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए।’

बिज्ञापन

उनले आफूमाथि लागेका आरोपको सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान आवश्यक रहेको बताउँदै त्यसका लागि पदत्यागले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। “अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले भने।

गुप्ताले प्रविधिको उच्चतम दुरुपयोगबाट आफू पीडित भएको भन्दै अरू कोही पनि यसरी नपरेून् भन्ने कामना समेत व्यक्त गरे। साथै, आजसम्म विभिन्न रूपमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पार्टीको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिवद्धता जनाए।

बिज्ञापन

‘अब फेरि एकपटक देश र जनता प्रतिको थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धतासहित जनताको घरदैलोमा आउने प्रण गर्दछु,’ गुप्ताले अन्त्यमा बताएका छन्।

गुप्ताले राजीनामा दिएसँगै अब उक्त प्रकरणको छानबिनमा नयाँ मोड आउने अनुमान गरिएको छ। सरकारभित्र उनको राजीनामालाई राजनीतिक र नैतिक जिम्मेवारीको रूपमा हेरिएको छ भने प्रतिपक्षले यसलाई आंशिक जीतको रूपमा व्याख्या गर्न थालेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष