सिफारिस समितितिर घुम्यो शंकाको सुँइ

कीर्ते कागजात पेश गरेर वीमा प्राधिकरणका अध्यक्ष नियुक्त भएका शरद ओझा निलम्बनमा परेका छन् । हिजो बसेको क्याविनेट बैठकले ओझाको कार्यसम्पादन योग्यता छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । पूर्वसहसचिव जीवनप्रकाश सिटौला र तत्कालीन बिमा समितिमा दुईपटकसम्म बोर्ड सदस्य भएका कपिलदेव ओली सदस्य छन् ।

बिज्ञापन

सरकारले ओझालाई गत १२ फागुनमा प्राधिकरणमा नियुक्त गरेको थियो । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम संक्षिप्त सूचीमा राखेर सार्वजनिक गरेको हो । यसरी सक्षिप्त सूचीमा रहेकामध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक,चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी पूर्वराजस्व सचिव र ओझा पत्रकार हुन् ।

बिज्ञापन

सिफारिस समितिले कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाको नाम सिफारिस भएको हो । सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो । पूर्व प्रशासकहरुलाई पछार्दै ३३ बर्षे युवा वीमा प्राधिकरणको अध्यक्ष नियुक्ति भएका थिए । एक दशक पत्रकारिता गरेका उनीसँग प्राधिकरण अध्यक्ष बन्न अनुभव नपुग्ने र पेस गरेका अनुभवका प्रमाणपत्र पनि फर्जी रहेको भन्दै अख्तियारदेखि अदालतसम्म उजुरी पुगेपछि अख्तियारले उनलाई सिफारिस गर्ने सिफारिस समितिका केही सदस्यको बयान नै लिएको स्रोतको भनाई छ । यस बिषयमा अख्तियारले प्राधिकरणका अध्यक्षमा नियुक्त भएका ओझासँग समेत वयान लिइसकेको छ । उनीविरुद्ध अख्तियारले मुद्धा चलाउँदा सरकारकै इमेज धरापमा पर्ने देखिएपछि मुख्य सचिव एकनारायण अर्याल र अर्थमन्त्री विष्णु पौडेलले राजीनामा दिन भनेका भए पनि विचौलियाको बलमा नियुक्त भएका ओझा राजीनामा नदिइ बसेका थिए ।

बिज्ञापन

 

यसरी कीर्ते कागजात पेश गरेर प्राधिकरण अध्यक्षको नियुक्ति सिफारिसका गर्नेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजकत्वको सिफारिस समितिमा तत्कालीन अर्थसचिव डा रामप्रसाद घिमिरे र विज्ञका रूपमा ज्योतिचन्द्र ओझा थिए । अहिले सिफारिस समितिमाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यागमन विभाग र विमानस्थलमा नयाँ नेतृत्व, पाँच सहसचिवको सरुवा

२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख रंगेहात पक्राउ

सेवन्तकले लिए शपथ

राजकुमारको ठाउँमा भगवतीलाई मन्त्री बनाउने तयारी

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

बिशेष