इ गणेशराज वस्तीको कविता : त्यही ओछ्यान प्यारो छ

म पल्टें जहाँ
म सुते जहाँ
त्यही ओछ्यान प्यारो छ।

बिज्ञापन

खुर्पिठ्याक भिरी
घाँस काट्न हिँडेको
त्यही पाखो प्यारो छ।

बिज्ञापन

डोको बोकेर
थुम्से लिएर
घाँस काट्न हिँडेको
त्यही हंसिया प्यारो छ
त्यही नाम्लो प्यारो छ।

कटेरोमा भैंसी
गोठमा गाई
दिनभर चराई
त्यही दाम्लो प्यारो छ।

बिज्ञापन

खोलाको पानी
कुलोमा फर्काई
तारे र माले
गोरुहरूलाई
ललाई फकाई
राम्चे र गैरी
खेत रोपेको
त्यही खेत प्यारो छ।

भोकाएका
सामे र बादुरे
गोरुको जोडीलाई
केही खुवाउन
तिनीहरूलाई अघाउन
मकै बारीभित्र पसेर
दुईमुठा बन्सो काटेको
त्यही भेग प्यारो छ।

दिउँसो दुई बजेतिर
खाजा खाएको
मानो खाएर
मुरी उब्जाएको।
त्यही गाउँ प्यारो छ
त्यही ठाउँ प्यारो छ।

वनमा गएँ
ऎशेलु टिपेँ
काफल खाएँ
त्यही बुटो प्यारो छ।

म पल्टें जहाँ
म सुते जहाँ
त्यही ओछ्यान प्यारो छ।
त्यही ओछ्यान प्यारो छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष