इ गणेशराज वस्तीको कविता : त्यही ओछ्यान प्यारो छ

म पल्टें जहाँ
म सुते जहाँ
त्यही ओछ्यान प्यारो छ।

बिज्ञापन

खुर्पिठ्याक भिरी
घाँस काट्न हिँडेको
त्यही पाखो प्यारो छ।

बिज्ञापन

डोको बोकेर
थुम्से लिएर
घाँस काट्न हिँडेको
त्यही हंसिया प्यारो छ
त्यही नाम्लो प्यारो छ।

कटेरोमा भैंसी
गोठमा गाई
दिनभर चराई
त्यही दाम्लो प्यारो छ।

बिज्ञापन

खोलाको पानी
कुलोमा फर्काई
तारे र माले
गोरुहरूलाई
ललाई फकाई
राम्चे र गैरी
खेत रोपेको
त्यही खेत प्यारो छ।

भोकाएका
सामे र बादुरे
गोरुको जोडीलाई
केही खुवाउन
तिनीहरूलाई अघाउन
मकै बारीभित्र पसेर
दुईमुठा बन्सो काटेको
त्यही भेग प्यारो छ।

दिउँसो दुई बजेतिर
खाजा खाएको
मानो खाएर
मुरी उब्जाएको।
त्यही गाउँ प्यारो छ
त्यही ठाउँ प्यारो छ।

वनमा गएँ
ऎशेलु टिपेँ
काफल खाएँ
त्यही बुटो प्यारो छ।

म पल्टें जहाँ
म सुते जहाँ
त्यही ओछ्यान प्यारो छ।
त्यही ओछ्यान प्यारो छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारका कर्मचारीको उकुसमुकुस

खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

बिशेष