मध्यरातीदेखि सूत्र, टीएसए र सिगास साता दिनको लागि बन्द, सरकारी खाता रोक्का

आज मध्यरातदेखि सबै सरकारी खाता एक साताका लागि बन्द हुने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गर्न लागिएको हो ।

बिज्ञापन

मलेनिकाका अनुसार,आज मध्यरतादेखि मलेनिका, प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द हुने भएको हो ।

बिज्ञापन

उनका अनुसार चालु आर्थिक वर्ष २०८१ /८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो । आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुनेछन् । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न नपाइने भएको हो ।

अघिल्ला वर्षमा मलेनिकाले सबै प्रलेनिका र कोलेनिकालाई असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्ने गरेकामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यविधिमा भएको बाध्यकारी व्यवस्थाका कारण यस वर्ष परिपत्र नगरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बिज्ञापन

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि मलेनिकाको सहमति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था नियमावली अनुसार तिनै खाता बन्द हुन लागेको हो ।

चालु आवको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात् मङ्गलबारसम्म सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारी छ । यो अवधिसम्ममा चालु शीर्षकतर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष