मेरो बसन्त हराएको छ

दिउँसै म हराएको छु ।
र मेरो बुद्ध पनि हराएको छ
म निर्निमेष
मेरो बुद्ध खोजि रहेछु
मलाई उचाल्ने छन
मलाई पछार्ने छन
म धैर्यशाली बनेर
बुद्धत्व प्राप्तिको लागि
यात्रामा निस्किएको छु
मलाई साथ देउ
ओ प्रियजनहरु
म किन रुन्छु ?
म रुनुको अर्थ
मलाई नै थाहा छैन
हारेको जीवन घिसारेर
कति समय बाँच्न सकिन्छ र ?
म सँग भएको समय पनि
थिलथिलो हुनेगरी चुटिएको छ
मेरो आस्था र विश्वासलाई
निर्घात पिटिएको छ
मेरो बसन्त हराएको छ ।

बिज्ञापन

मुस्कान छर्ने ओठहरु
खाप्सियोले सिलाईको छ
मान्छेका आकांक्षाहरुलाई
निस्तेज र कुण्ठित बनाइएको छ
शान्ति प्रिय बुद्धकैब छातीमा
गोला बारुद पड्काएर
शान्तिको अर्चना गरिदैछ ।

बिज्ञापन

आकाशबाटै केही ताराहरु हराएका छन
शोभायमान चन्द्रमालाई
औंशीका काला रातहरुले
मस्त सँग चपाइ रहेको छन
र त मेरो बुद्ध
स्वयंभूमा निरास मुद्रामा
पीडाले छट्पटिदै
शान्तिको मलहम पट्टि खोज्दैब छ ।

खबरदार
तिमी एक्लै नहिड
तिनीहरुको साथमा त
पेस्तोल र बन्दुक छ
जहाँ र जहिले सुकै पड्कन सक्छ
तिनीहरु भित्र त
एउटा हिंस्रक उन्माद चडेको छ
हतियारको दम्भ देखाई
मेरो बुद्धलाई
म्युजियम भित्र कैद गरिएको छ
म सँग भएको समय पनि
थिलथिलो हुने गरी चुटिएको छ
मेरो आस्था र विश्वासलाई
निर्घात पिटिएको छ
मेरो बसन्त हराएको छ ।

बिज्ञापन

सुन्दरहरैंचा –६, दुलारी, मोरङ
kpchandra2023@gmail.com

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष