मेरो बसन्त हराएको छ

दिउँसै म हराएको छु ।
र मेरो बुद्ध पनि हराएको छ
म निर्निमेष
मेरो बुद्ध खोजि रहेछु
मलाई उचाल्ने छन
मलाई पछार्ने छन
म धैर्यशाली बनेर
बुद्धत्व प्राप्तिको लागि
यात्रामा निस्किएको छु
मलाई साथ देउ
ओ प्रियजनहरु
म किन रुन्छु ?
म रुनुको अर्थ
मलाई नै थाहा छैन
हारेको जीवन घिसारेर
कति समय बाँच्न सकिन्छ र ?
म सँग भएको समय पनि
थिलथिलो हुनेगरी चुटिएको छ
मेरो आस्था र विश्वासलाई
निर्घात पिटिएको छ
मेरो बसन्त हराएको छ ।

बिज्ञापन

मुस्कान छर्ने ओठहरु
खाप्सियोले सिलाईको छ
मान्छेका आकांक्षाहरुलाई
निस्तेज र कुण्ठित बनाइएको छ
शान्ति प्रिय बुद्धकैब छातीमा
गोला बारुद पड्काएर
शान्तिको अर्चना गरिदैछ ।

बिज्ञापन

आकाशबाटै केही ताराहरु हराएका छन
शोभायमान चन्द्रमालाई
औंशीका काला रातहरुले
मस्त सँग चपाइ रहेको छन
र त मेरो बुद्ध
स्वयंभूमा निरास मुद्रामा
पीडाले छट्पटिदै
शान्तिको मलहम पट्टि खोज्दैब छ ।

खबरदार
तिमी एक्लै नहिड
तिनीहरुको साथमा त
पेस्तोल र बन्दुक छ
जहाँ र जहिले सुकै पड्कन सक्छ
तिनीहरु भित्र त
एउटा हिंस्रक उन्माद चडेको छ
हतियारको दम्भ देखाई
मेरो बुद्धलाई
म्युजियम भित्र कैद गरिएको छ
म सँग भएको समय पनि
थिलथिलो हुने गरी चुटिएको छ
मेरो आस्था र विश्वासलाई
निर्घात पिटिएको छ
मेरो बसन्त हराएको छ ।

बिज्ञापन

सुन्दरहरैंचा –६, दुलारी, मोरङ
[email protected]

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष