कितावखानाको सेवा अब ‘नागरिक एप’ मा : PIS प्रणाली पुनःसञ्चालन, सेवा डिजिटलरुपमा विस्तार

निजामती सेवासम्बन्धी प्रमुख अभिलेख र प्रणाली सम्हाल्ने राष्ट्रिय कितावखाना अब डिजिटल पहुँचका हिसाबले नयाँ चरणमा प्रवेश गरेको छ । कितावखानाको PIS (Personnel Information System) प्रणाली अबदेखि ‘नागरिक एप’ मा उपलब्ध भएको छ । साथै, नागरिक एपसँगै सिभिल अस्पतालसँग पनि कितावखानाको सेवा प्रणाली आवद्धता आजबाट सुरु भएको छ ।

बिज्ञापन

राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार, अब निजामती कर्मचारीले आफ्नो व्यक्तिगत विवरण, अभिलेख तथा कितावखानासँग सम्बन्धित सेवा नागरिक एपमार्फत सजिलै पहुँच गर्न सक्नेछन् । उनले आजैदेखि सिभिल अस्पतालसँग पनि प्रणालीगत आवद्धता सुरु गरिएको जानकारी दिएका छन् ।

बिज्ञापन

महानिर्देशक पोखरेलका अनुसार, PIS प्रणाली लामो समयदेखि भाइरसको आक्रमणका कारण प्रभावित थियो । तर, अब यसलाई पुनः ‘लाइभ’ गराउँदै विभागले डिजिटाइजेसनलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न डिजिटल सेवा प्रवाह सुरु गरेको छ ।

पोखरेलले विभागको नेतृत्व सम्हालेको तीन महिनाभित्रै ‘सिंगल टचप्वाइन्टमार्फत दुई घण्टाभित्र सेवा’ दिने मोडल प्रयोगमा ल्याइसकेको उल्लेख गरे । उनले सेवा प्रवाहमा देखिने ढिलासुस्ती हटाउने उद्देश्यसहित ‘Zeroing the Pending’ अभियान सञ्चालन गरी विगतका थाती फाइलहरू फर्स्यौट गरेको बताए ।

बिज्ञापन

उनका अनुसार, आगामी केही महिनाभित्र घरमै बसेर प्राप्त गर्न सकिने ‘faceless service’ प्रणालीमा अधिकतम सेवा लैजाने गरी टोली काम गरिरहेको छ ।

नागरिक एपसँग सेवा जोड्नका लागि आवश्यक पर्ने API सफ्टवेयर विकासमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत अजय बर्तौलाको बित्तीय सहयोग रहेको महानिर्देशक पोखरेलले बताएका छन् ।

यस अभियानसँगै निजामती सेवा क्षेत्रको डिजिटल रुपान्तरणले अझ गति लिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ महिनामा सम्पत्ति शुद्धीकरणका ४५८ उजुरी,अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

विमानस्थल क्षेत्रमा एक महिनासम्म पाँच जनाभन्दा बढी भेला निषेध

रंगीला हाकिम माओवादी मेयरका रोजाईमा

सामाजिक सुरक्षा भत्तामा गोलमाल : पछिल्लो ६ महिनामै २ लाख १० हजार लाभग्राही गायब

बिचौलियाको कब्जामा राज्य संयन्त्र, सुशासन नारामै सीमित : अख्तियार प्रमुख

डोल्मालाई ८३ करोड कर छुट दिने अर्थमन्त्रीको प्रयासमा अदालतको अंकुश

माओवादीबाट निर्वाचित वडाध्यक्ष र एमालेका स्थानीय नेता कांग्रेस प्रवेश

अख्तियारको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी पुरस्कृत

बिशेष