निजामती सेवासम्बन्धी प्रमुख अभिलेख र प्रणाली सम्हाल्ने राष्ट्रिय कितावखाना अब डिजिटल पहुँचका हिसाबले नयाँ चरणमा प्रवेश गरेको छ । कितावखानाको PIS (Personnel Information System) प्रणाली अबदेखि ‘नागरिक एप’ मा उपलब्ध भएको छ । साथै, नागरिक एपसँगै सिभिल अस्पतालसँग पनि कितावखानाको सेवा प्रणाली आवद्धता आजबाट सुरु भएको छ ।
बिज्ञापन
राष्ट्रिय कितावखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार, अब निजामती कर्मचारीले आफ्नो व्यक्तिगत विवरण, अभिलेख तथा कितावखानासँग सम्बन्धित सेवा नागरिक एपमार्फत सजिलै पहुँच गर्न सक्नेछन् । उनले आजैदेखि सिभिल अस्पतालसँग पनि प्रणालीगत आवद्धता सुरु गरिएको जानकारी दिएका छन् ।
बिज्ञापन
महानिर्देशक पोखरेलका अनुसार, PIS प्रणाली लामो समयदेखि भाइरसको आक्रमणका कारण प्रभावित थियो । तर, अब यसलाई पुनः ‘लाइभ’ गराउँदै विभागले डिजिटाइजेसनलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न डिजिटल सेवा प्रवाह सुरु गरेको छ ।
पोखरेलले विभागको नेतृत्व सम्हालेको तीन महिनाभित्रै ‘सिंगल टचप्वाइन्टमार्फत दुई घण्टाभित्र सेवा’ दिने मोडल प्रयोगमा ल्याइसकेको उल्लेख गरे । उनले सेवा प्रवाहमा देखिने ढिलासुस्ती हटाउने उद्देश्यसहित ‘Zeroing the Pending’ अभियान सञ्चालन गरी विगतका थाती फाइलहरू फर्स्यौट गरेको बताए ।
बिज्ञापन
उनका अनुसार, आगामी केही महिनाभित्र घरमै बसेर प्राप्त गर्न सकिने ‘faceless service’ प्रणालीमा अधिकतम सेवा लैजाने गरी टोली काम गरिरहेको छ ।
नागरिक एपसँग सेवा जोड्नका लागि आवश्यक पर्ने API सफ्टवेयर विकासमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत अजय बर्तौलाको बित्तीय सहयोग रहेको महानिर्देशक पोखरेलले बताएका छन् ।
यस अभियानसँगै निजामती सेवा क्षेत्रको डिजिटल रुपान्तरणले अझ गति लिने विश्वास गरिएको छ।