वैदेशिक रोजगार विभागमा अधिकृत खतिवडाको आतंक

 वैदेशिक रोजगारी व्यवस्थापन सुधारतर्फ गम्भीर रूपमा अघि बढिरहेको वैदेशिक रोजगार विभागको भित्री चित्र भने यति सहज छैन। सुधारको नाममा अघि बढिरहेका अनेकन घोषणाभन्दा विपरीत, विभागभित्रकै एक अधिकृतको व्यवहारले यो प्रयासमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ।

बिज्ञापन

अधिकृत भोजराज खतिवडा, विभागभित्र ‘न राम, न श्याम’ हुने गरी उपस्थित भएका छन्। नीतिगत सुधारभन्दा व्यक्तिगत सञ्जाल, सेटिङ र शक्तिको प्रदर्शनले विभागभित्र सेवा प्रवाह नै बन्धक बनिरहेको तीतो यथार्थ सेवाग्राहीहरू बताउँछन्।

बिज्ञापन

सुधारको अभियान, तर आतङ्कको अनुभूति

महानिर्देशक कमलप्रसाद भट्टराईको नेतृत्वमा विभागले बिचौलिया नियन्त्रण, पारदर्शी श्रम स्वीकृति प्रणाली, र सेवाग्राहीमैत्री सुधार अभियान अघि बढाएको छ। ‘बिचौलिया निषेधित क्षेत्र’को घोषणा विभागमै गरिएको छ।

बिज्ञापन

तर, यही घोषणालाई पन्छ्याउँदै भोजराज खतिवडाले आफ्नै शैलीमा ‘भित्री सत्ता’ सञ्चालन गरिरहेको आरोप दिनप्रतिदिन बलियो बन्दै गएको छ। सुधारको ढोका अगाडि बोर्ड राखिए पनि ढोका पछाडिको व्यवहार फरक देखिन्छ।

इन्डिभिजुअल शाखाबाट संस्था दर्ता शाखासम्मको यात्रा

अघिल्लो आठ महिनासम्म खतिवडा व्यक्तिगत श्रम स्वीकृति (इन्डिभिजुअल) शाखामा कार्यरत थिए। त्यहाँ उनले:सामान्य सेवाग्राहीलाई निरन्तर झुलाउने,सेटिङ नभएका फाइललाई महिनौं थन्क्याउने,मेनपावर एजेन्टसँग सिधा समझदारीमा फाइल अगाडि बढाउने,‘प्रोसेसिङ छिटो गरिदिन्छु’ भन्दै रकम माग्ने,

प्रमाणीकरण प्रक्रियालाई सिधै मेनपावरको ईच्छामा चलाउने जस्ता काम गरेका आरोप छन्।हाल उनलाई  संस्था दर्ता शाखामा ल्याइएको छ। तर, शाखा फेरिए पनि शैली फेरिएको छैन, भन्ने व्यवसायीहरूको ठम्याइ छ।

नवीकरणको मौसम र धम्कीयुक्त माग

हाल १,४०० मेनपावर व्यवसायी संस्था नवीकरण प्रक्रियामा छन्। खतिवडाले अहिलेको शाखामा आफूलाई एकछत्र बनाउँदै अर्का अधिकृत चोला रमण अधिकारीलाई भूमिकाहीन बनाएको देखिन्छ।

एक व्यवसायी भन्छन्, “३०–४० हजार रुपैयाँ तिर्ने व्यवस्था नभएसम्म फाइल रोकिन्छ, पैसा बुझाएपछि भोलिपल्टै हस्ताक्षर हुन्छ।”

यस्तो अवस्था सरकारको नीतिगत सुधार प्रयासमाथि नै प्रश्न उठाउने स्थितिमा पुगिसकेको छ।

 

आफूमाथि लागेका आरोपबारे अधिकृत भोजराज खतिवडा भन्छन्:”माथि लगाइएका सबै आरोपहरू कपोकल्पित, निराधार र नियोजित रूपमा मेरो चरित्र हत्या गर्नै लक्षित छन्। म विभागमा रहँदै सुधारको पक्षमा काम गर्दै आएको छु। सेवाग्राहीहरूलाई सुविधा दिने उद्देश्यले प्रक्रिया स्पष्ट र सरल बनाउन योगदान पुर्‍याएको छु।” उनी थप्छन् “कसैलाई अनावश्यक दुःख दिएको, रकम मागेको वा मिलेमतो गरेको कुनै प्रमाण छ भने म तत्काल विभाग छाड्न तयार छु। गलत नियतले फैलाइएका हल्लाले मेरो सेवा भावना र कर्मठतालाई कमजोर पार्न सक्दैन।”
“महानिर्देशकज्यूको नेतृत्वमा भइरहेको सुधार अभियानप्रति म पूर्णतः प्रतिबद्ध छु। मेरो विरुद्ध फैलाइएका यस्ता हल्ला सेवामा सुधार ल्याउने मेरो प्रयास रोक्न चाहनेहरूको षड्यन्त्र हो।”

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,बढुवादेखि अस्थायी दरबन्दी स्वीकृतसम्म

स्थानीय तहमा खटाइएका चार उपसचिव,सरुवा उल्टाएर मन्त्रीको सचिवालयमा

१५ शाखा अधिकृतको सरुवा ८ को अख्तियारमा इन्ट्री हुँदा तीन पुगे गृहमा

मधेश प्रदेशका ३४ सहित ४३ स्थानीय तहले अझैं पेश गरेनन् बजेट

सडकका २५८ ठेक्का रुग्ण,अलपत्र १७ ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

मन्त्रीज्यू,सामान्यको यी रैथाने सुव्वालाई चलाउने हिम्मत छ ?

राजस्व अनुसन्धान विभागभित्रै करोडौँको सेटिङ: ‘बर्दिया डिष्टिलरी’ प्रकरण दफन गर्नेहरू को हुन्?

६० साले लेखा अधिकृतहरू भागाभागमा, उपसचिव भुवन काफ्लेले अख्तियारको दबाबमा राजीनामा

बिशेष