काठमाडौं, ताहाचल — वैदेशिक रोजगारी व्यवस्थापन सुधारतर्फ गम्भीर रूपमा अघि बढिरहेको वैदेशिक रोजगार विभागको भित्री चित्र भने यति सहज छैन। सुधारको नाममा अघि बढिरहेका अनेकन घोषणाभन्दा विपरीत, विभागभित्रकै एक अधिकृतको व्यवहारले यो प्रयासमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ।
बिज्ञापन
कर्मचारी संकेत नम्बर १९३३३३ रहेका अधिकृत भोजराज खतिवडा, विभागभित्र ‘न राम, न श्याम’ हुने गरी उपस्थित भएका छन्। नीतिगत सुधारभन्दा व्यक्तिगत सञ्जाल, सेटिङ र शक्तिको प्रदर्शनले विभागभित्र सेवा प्रवाह नै बन्धक बनिरहेको तीतो यथार्थ सेवाग्राहीहरू बताउँछन्।
बिज्ञापन
सुधारको अभियान, तर आतङ्कको अनुभूति
महानिर्देशक कमलप्रसाद भट्टराईको नेतृत्वमा विभागले बिचौलिया नियन्त्रण, पारदर्शी श्रम स्वीकृति प्रणाली, र सेवाग्राहीमैत्री सुधार अभियान अघि बढाएको छ। ‘बिचौलिया निषेधित क्षेत्र’को घोषणा विभागमै गरिएको छ।
बिज्ञापन
तर, यही घोषणालाई पन्छ्याउँदै भोजराज खतिवडाले आफ्नै शैलीमा ‘भित्री सत्ता’ सञ्चालन गरिरहेको आरोप दिनप्रतिदिन बलियो बन्दै गएको छ। सुधारको ढोका अगाडि बोर्ड राखिए पनि ढोका पछाडिको व्यवहार फरक देखिन्छ।
इन्डिभिजुअल शाखाबाट संस्था दर्ता शाखासम्मको यात्रा
अघिल्लो आठ महिनासम्म खतिवडा व्यक्तिगत श्रम स्वीकृति (इन्डिभिजुअल) शाखामा कार्यरत थिए। त्यहाँ उनले:सामान्य सेवाग्राहीलाई निरन्तर झुलाउने,सेटिङ नभएका फाइललाई महिनौं थन्क्याउने,मेनपावर एजेन्टसँग सिधा समझदारीमा फाइल अगाडि बढाउने,‘प्रोसेसिङ छिटो गरिदिन्छु’ भन्दै रकम माग्ने,
प्रमाणीकरण प्रक्रियालाई सिधै मेनपावरको ईच्छामा चलाउने जस्ता काम गरेका आरोप छन्।यी गुनासाका कारण फागुन महिनामा उनलाई तानेर हाल संस्था दर्ता शाखामा ल्याइएको थियो। तर, शाखा फेरिए पनि शैली फेरिएको छैन, भन्ने व्यवसायीहरूको ठम्याइ छ।
नवीकरणको मौसम र धम्कीयुक्त माग
हाल १,४०० मेनपावर व्यवसायी संस्था नवीकरण प्रक्रियामा छन्। खतिवडाले अहिलेको शाखामा आफूलाई एकछत्र बनाउँदै अर्का अधिकृत चोला रमण अधिकारीलाई भूमिकाहीन बनाएको देखिन्छ।
एक व्यवसायी भन्छन्, “३०–४० हजार रुपैयाँ तिर्ने व्यवस्था नभएसम्म फाइल रोकिन्छ, पैसा बुझाएपछि भोलिपल्टै हस्ताक्षर हुन्छ।”
यस्तो अवस्था सरकारको नीतिगत सुधार प्रयासमाथि नै प्रश्न उठाउने स्थितिमा पुगिसकेको छ।
सम्पत्ति र शक्ति सञ्जालको विस्तार
खतिवडाले तीन कार्यकाल त्रिभुवन विमानस्थलमा बिताएका छन्, जहाँ ‘सेटिङ’मार्फत कमाउने स्रोत निर्माण गरेको बताइन्छ। अहिले उनी पेरिसडाँडामा आलिसान बंगला बनाएर बस्दैछन्।
एक सुब्बाको भनाइमा,
“निजामती युनियनका नाममा महिनामा दुई करोडजति उठाउने सञ्जालको केन्द्र खतिवडा नै हुन्।”
उनी निजामती कर्मचारी युनियनका सशक्त चालक मानिन्छन्। व्यवस्थापन सुधारको नाममा तल्लो तहका कर्मचारीलाई ठेगान लगाउने भए पनि यस्ता प्रभावशाली अधिकृतहरूमाथि किन मौनता छ भन्ने प्रश्न गम्भीर बनेको छ।
बिचौलिया मुक्त घोषणा कागजमै?
वैदेशिक रोजगार विभागलाई बिचौलिया मुक्त क्षेत्र घोषणा गरिएको छ, तर खतिवडाको शैलीले त्यो घोषणालाई ‘बोर्डको भाषण’मै सीमित बनाएको देखिन्छ। दलाल, सेटिङ, कमिसन र आतंकको मिश्रित चलन अहिले पनि यथावत् छ।
सुधारको अभियान घोषणामा मात्र होइन, आन्तरिक चरित्रमा देखिनुपर्छ। भोजराज खतिवडाजस्ता पात्रहरूलाई जवाफदेही बनाइएन भने, सुधार भन्ने शब्द पर्खालमा लेखिएको नाराजस्तै बन्नेछ। निजामती सेवा सुधार गर्न खोज्दा जब प्रणालीभित्रका शक्तिशाली कर्मचारीहरू नै ‘प्रणालीको मालिक’ बन्न थाल्छन्, त्यहाँ सुधार आत्मघाती बन्छ।