गभर्नर पौडेल सानिमा बैंकको प्रमोटर

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल सानिमा बैंकको प्रोमोटर सेयरधनी रहेको खुलासा भएको हो । पौडेलले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको थिए । पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग सानिमा बैंकमा उनको २ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिएको हो । गभर्नर पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार, उनको नाममा सानिमा बैंकमा दुई लाख ४४ हजार १७६ कित्ता संस्थापक शेयर, सानिमा माई हाइड्रोमा संस्थापकबाट साधारणमा परिणत ९२ हजार ५७९ कित्ता शेयर, सानिमा मिडल हाइड्रोमा एक लाख ८८ हजार कित्ता संस्थापक शेयर रहेको उल्लेख छ ।

बिज्ञापन

गभर्नर पौडेलसँग  १४ करोड रुपैयाँ बराबरको शेयर छ । यसमध्ये करिब ९२ लाखको सेयर साधारण र बाँकी प्रोमोटर शेयर रहेको उल्लेख छ । प्रोमोटर शेयरमध्ये राष्ट्र बैंकले नै नियमन गर्ने सानिमा बैंकको शेयर समेत उनीसँग रहेको सम्पत्ति विवरण हेर्दा भेटिन्छ ।  नियामक निकायकै प्रमुखले आफैँले नियमन गर्ने संस्थाको सेयर किन्दा यसले स्वार्थ बाझिने खतरा भने रहने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाको सेयर किन्न पूर्णरुपमा प्रतिबन्ध लगाएको स्थिति छ । यस्तो स्थितिमा गभर्नर नै निजी बैंकको प्रमोटर शेयर रहेको खुलेको छ ।

बिज्ञापन

यस्का अलवा  गोल्बेको प्रा लिमा एक लाख ८६ हजार ८३४ कित्ता शेयर, संयुक्त उर्जा हाइड्रोमा पाँच लाख कित्ता शेयर, चितवन इनर्जीमा दुई लाख ५० हजार कित्ता शेयर रहेको छ भने श्रीमतीको नाममा गोल्बेकै ७५ हजार कित्ता शेयर र श्रीमतीकै नाममा किनेको ४४ लाखको सुजुकी गाडी समेत रहेको छ । यस्तै पौडेलको नाममा सानिमा बैंकमा १३ लाख ३३ हजार इन्भेष्टमेन्ट बैंकमा दुई लाख ५९ हजार, सानिमा बैंकमै ६६ डलर, श्रीमतीको नाममा सानिमा बैंकमा १२ हजार, प्रभु बैंकमा चार लाख ७३ हजार, सानिमा बैंकमा चार हजार ४४६ डलर नगद रहेको छ । पौडेलको परिवारसँग झन्डै १८ करोड बराबरको सम्पत्ति रहेको देखिएको छ । यसमध्ये धेरैजसो सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा रहेको विवरणमा उल्लेख छ ।

विवरण अनुसार शर्माको नाममा ललितपुरको सैँबुमा ५ आना २ दाम क्षेत्रफलमा फैलिएको जमिन छ । यसको मूल्य १ करोड ५५ लाख रहेको विवरणमा उल्लेख छ । सोही जग्गामा बनेको घर समेत रहेको देखिन्छ । घरको भने मूल्याङ्कन गरिएको छैन । त्यस्तै, नवलपरासीको गैँडाकोटमा शर्माकै नाममा ५ कट्ठा भन्दा बढी जमिन छ, यसको मूल्य करिब ६० लाख रहेको विवरणमा उल्लेख छ । सो स्थानमा घर समेत भए पनि यसको मूल्याङ्कन गरिएको छैन ।

बिज्ञापन

उसो त सानिमा बैंकसँग उनको लगाब गभर्नर हुने वित्तिकै प्रकट भएको छ । केही अगाडि उनले सानिमा बैंककै पूर्व सीइओलाई समेटेर एक कार्यदल बनाएका छन् । गभर्नर पौडेलको पहलमा गठित बैंकिंङ क्षेत्र सुधार सुझाव कार्यदलमा सानिमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) भुवन दाहाललाई सदस्य बनाइएको बिषय समेत विवादमा परेको छ । सो समितिको कमाण्डर रेवतबहादुर कार्कीलाई तोकिएको छ भने दाहाल र राष्ट्र बैंककै गुरु पौडेल कार्यदलमा सदस्य सचिव तोकिएका छन् । भुवन दाहाललाई सदस्य तोकिएको बिषय राष्ट्र बैंककै कर्मचारीहरुले उचित मानेका छैनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी सरुवामा हिस्सा खोज्दै सुदन समूह

मुख्यसचिवले ‘होल्ड’मा राखिदिए पुन: नियुक्ति,कार्यकक्षको चाबी बोकेर भट्ट गायब

निजामतीको साख स्खलित हुँदै गएकोप्रति मुख्यसचिव चितिन्त,कार्यशैली परिवर्तन गर्न सुझाव

सार्वजनिक संस्थानका कर्मचारीलाई भत्तै भत्ता

नाबालिका बलत्कारी,जेलरले भगाए सीमापारी

भ्रष्टाचार मुद्दाबाट मुक्त भएपछि झन् शक्तिशाली बने बोहरा : विभागदेखि मन्त्रालयसम्म आतंक

सामाजिक सुरक्षाको छाताभित्र साढे २६ लाख नागरिक

कालोसूचीमा १४ निर्माण कम्पनी

बिशेष