सशस्त्रमा दुई डिआइजीको पदावधि थप, गिरीलाई कार्यमा सरुवा

सरकारले दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजीको पदावधि थप गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डिआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

गृह मन्त्रालयको प्रस्तावमा डिआईजी धौवजीको आगामी असोज २४ गतेसम्म र न्यौपानेको माघ २९ गतेसम्म उमेर र सेवा अवधि दुवै ननाघ्ने गरी पदावधि थप गरिएको हो । साथै सशस्त्र प्रहरी बल, नेपालका डिआईजी कमल गिरीलाई कार्यविभागमा सरुवा गरेको छ। डिआईजी गणेश ठाडा मगर एआइजीमा बढुवा भएपछि गिरीलाई कार्यविभागमा सरुवा गरिएको हो। गिरी एआइजीका प्रतिस्पर्धी भए पनि ठाडामगरले उछिनेपछि उनको सरुवा कार्यविभागमा गरिएको हो।

बिज्ञापन

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कारबाही हुनुपर्ने उपसचिव निरौला सहसचिवमा बढुवा सिफारिस, प्रशासन नै प्रश्नको घेरामा

१४ उपसचिव सहसचिवमा बढुवा सिफारिस

वैदेशिक रोजगार विभागको महानिर्देशक बन्दै मीरा अचार्य

सिराहा नगरपालिकाका ५० जना कर्मचारीको करार सम्झौता रद्द

सिटौलाको काँधमा निमित्त महाप्रवन्धकको जिम्मेवारी

विदेशीको गतिविधि अनलाइनबाटै निगरानी गर्दै अध्यागमन विभाग

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

बिशेष