भ्रष्टाचार मुद्धामा निमित्त हाकिम दोषी ठहर,लेखापाललाई सफाइ

बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनीहरूलाई दोषी ठहरको फैसला गरेको हो ।

बिज्ञापन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वैशाख ९ गते् बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, लेखापाल हासिम मियाँ अन्सारी र केएस मल्टिप्रपोज तथा उक्त कम्पनीका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेकोमा महिना दिन पछि नै अदालतले फैसला सुनाएको हो ।

बिज्ञापन

फैसलाअनुसार यादव र कमल कुमार उपाध्यायलाई जनही ६–६ महिना कैद सजाय तोकिएको छ । उनीहरूका साथै केएस मल्टिपर्पस प्रालिलाई पनि सजाय सुनाइएको छ । प्रतिवादीबाट बिगोको दामासाहीले हुन आउने रकम एक लाख १७ हजारभन्दा बढी जरिवाना तिर्नुपर्ने फैसलामा छ ।

उक्त पालिकाले सार्वजनिक ऐनलाई छलेर राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी झुटा विवरणसहितको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिएको खुल्न आएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोमा विशेष अदालतले निमित्त प्रमुख प्रशासकीय अधिकृत र मिडिया सञ्चालकलाई दोषी करार गरेको हो ।

बिज्ञापन

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका उपाध्याय मधेश मिडिया काउन्सिलका अध्यक्षको भूमिकामा छन् । उनी सात वैशाखमा अध्यक्ष नियुक्त भएका थिए । सोको पर्सीपल्टै भ्रष्टाचार मुद्धा दायर भएसँगै उनी निलम्बनमा परेका छन् । नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव रहेका उपाध्यक्ष बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादकसमेत हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिआइपी जोडिएको ई- पासपोर्ट अनियमितता : निगरानीमा परराष्ट्रका अधिकारीहरु

भेप तस्करी गुपचुप,बीवाईडीमा ‘क्लिन चिट’

अधिकृतसहित २ कर्मचारीविरुद्ध मुद्धा, १० जना रिहा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

सरकारी भवनभित्रका ट्रेड युनियन कार्यालय हटाउन काठमाडौं प्रशासनको ७ दिने अल्टिमेटम

कर्मचारी प्रशासन महाशाखा सहसचिव ढकाललाई ‘घाँडो’ : सरुवा विवादपछि प्रधानमन्त्री कार्यालय र ट्रेड युनियन दुवैतर्फबाट दबाब

प्रधानमन्त्रीलाई एउटा म्यासेज, कर्मचारीतन्त्रमा ठूलो प्रश्न

बिशेष