बैठक भत्तामा मन्त्रालयको लगाम

सरकारी निकायले सरकारी स्रोतको कसरी दुरुपयोग हुन्छ भन्ने सरकारी कर्मचारीले भत्ताका लागि बस्ने बैठक बस्दै आएका छन् कतिपय निकायमा । भत्ताकै लागि कार्यालय समयभन्दा अगाडि र पछाडि बैठक बस्ने वा कार्यालय समयपछि बैठक बसेर भत्ता बुझ्दै आएका छन्,सरकारी कर्मचारीहरुले ।

बिज्ञापन

यस्तै मनपरीतन्त्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगाम लगाउने भएको छ । मन्त्रालयले  बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएको छ ।

बिज्ञापन

मन्त्रालयले सबै विभाग,संघीय अस्पताल,केन्द्रीय निकाय र वोर्डलाई तीन बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत शेरबहादुर वि.क हस्ताक्षरित परिपत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बमोजिम सार्वजनिक निकायका पदाधिकारीले बिदा वा काजमा रहेको समयमा कार्यालयको बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको हो ।

यस्का अलवा कार्यलय समयमा पनि वा कार्यालय समयभन्दा फरक बिहान बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन र अर्थ मन्त्रालयद्वारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ (आठौं संष्करण)मा एउटै निकायअन्तर्गतको कर्मचारीबीच बसेको बैठकमा भत्ता उपलब्ध नगराउने व्यवस्था लागू गर्न वा गराउन परिपत्र गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

नेपाल ट्रष्टका पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारको कन्सल्टेन्सीमा फेला

प्रभु बैंकमा सिआइबीको सात घण्टा छापा, सीईओ शेरचन भागे

करोडौंको व्यापार छोडेर मान्छे र पशुपन्छीको सेवामा रमाइरहेका दुर्गानाथ

पूर्वमन्त्री आफताव आलमको मृत्यु

बिशेष