गोकर्णमणिकै नियति भोग्दै डण्डुराज

अहिलेका गृह सचिव गोकर्णमणि दुवाडीकै नियति भोग्दैछन्,एक सहसचिव । बरिष्ठताका हिसाबले पहिलो नम्बरमा परेर पनि तारान्तार सरकार प्रमुख केपी शर्मा ओलीबाट पेलानबाट पर्दा उनी बढूवाबाट छुट्दै आएका थिए । पाँचौ पटकसम्म पनि बढुवामा छुट्दै आएका गोकर्णमणि दुवाडी अन्तिममा स्वत बढूवा भएका थिए । त्यतिखेर केपी शर्मा ओली प्रधानमन्त्री थिए । दुवाडी पाँच पटकसम्म सिफारिस गरिँदा तीन पटक उनको सिफारिस मन्त्रिपरिषद्बाटै फिर्ता भएको धेरै प्रशासकले विर्सिएका छैनन् ।

बिज्ञापन

लोकसेवाले २०७६ माघमा पहिलो नम्बरमा रामशरण पुडासैनी, दोस्रो नम्बरमा अर्जुन पोखरेल र तेस्रो नम्बरमा दुवाडीको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरका पुडासैनी सचिव बढुवा भए । त्यसको केही समयपछि दोस्रो नम्बरमा रहेका अर्जुन पोखरेललाई सचिवमा उक्लिए । आफूभन्दा दुवै वरिष्ठ सहसचिव भएपछि सचिवका लागि एक्लो दाबेदार भए । उनको पहिलो नम्बरमा नाम आएपछि तीनवटा त मन्त्रिपरिषद्बाट सो फाइलै फिर्ता भएको थियो । त्यस पछि पनि दुुवाडीभन्दा कनिष्ठ मानबहादुर विक,मधुकुमार मरासिनी,चन्द्रमान श्रेष्ठ,वीरबहादुर राईहरु सचिव भए । आज उनीहरु सबै घर गइसकेका छन् ।

बिज्ञापन

समयचक्रले ओली सत्तामा हुँदा उनै ओलीले नरुचाएका पात्र दुवाडी बर्ष दिनदेखि गृहसचिवको भूमिकामा छन् । उक्त बढुवामा विभेदको यति ठूलो पर्खाल खडा गरियो कि सरकार विधि, पद्धति, प्रणाली स्थापित गर्न होइन, लत्याउन उद्यत छ भन्ने प्रष्टै बुझ्न सकिन्छ । दुवाडीको भन्दा पछिल्लो सूचीमा नाम रहेका वीरबहादुर राईलाई लगतै लोकसेवा आयोग, मानबहादुर बि.केलाई विश्वविद्यालय र विष्णु नेपाललाई गण्डकी प्रदेश लोकसेवा आयोगतिर नियुक्ति समेत दिइएको छ ।

अहिले उसैगरी बढूवामा विभेदमा परेका छन्,एक सहसचिव डण्डुराज घिमिरे । उनीभन्दा निष्ठहरुलाई धमाधम सचिवमा उकालेर ओली सरकारले विधि,पद्धति,प्रणाली लत्याइरहेको आरोप लगाउँछन् केही कर्मचारीहरु । अघिल्लो पटक भुपाल बराल र यस पटक ओली सरकारले खगेन्द्र प्रसाद सुवेदीलाई सचिवमा बढुवा गरेको छ । भुपाल वरालका उसैगरी माथि उक्लिएका छन् । सोमबार बसेको क्याविनेटले एक महिना पछाडि घर जान लागेका सहसचिवलाई सचिवमा उकालेको छ । सुवेदी बरियतामा तेस्रो नम्बरमा छन् । यदी उनको ठाउँमा डण्डुराजलाई सचिव बनाएको भए उनी सहसचिवबाटै घर जान्थें । अहिलेसम्म डण्डु चौथो पटक बढूवामा सिफारिस भएर सहसचिवमै खुम्चन विवश छन्,उनलाई ओली सरकारले अर्काे गोकर्णमणि बनाउन लागेको चर्चा चल्न थालेको छ,कर्मचारी प्रशासनमा । सरकारले जति नै बल गरेर रोके पनि उनी अर्काे पटक स्वत सचिवमा उक्लनेछन् ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकनमा ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार ४ पटकसम्म एक सचिवका लागि ३ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट १ जना मात्रै ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव दुवाडीको नाम मात्रै सचिव बढुवाका लागि सिफारिस हुनेछ । त्यसका लागि अझैं दुई महिना समय कुर्नुपर्नेछ,डण्डुले ।

बिज्ञापन

उसो त यस अघि गोकर्णकै नियति भोगेका हुन,रघुराम विष्टले । विष्ट अहिलेका मुख्य सचिवभन्दा पनि बरिष्ठ हुन । उनी जेठ २४ गते ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिआइपी जोडिएको ई- पासपोर्ट अनियमितता : निगरानीमा परराष्ट्रका अधिकारीहरु

भेप तस्करी गुपचुप,बीवाईडीमा ‘क्लिन चिट’

अधिकृतसहित २ कर्मचारीविरुद्ध मुद्धा, १० जना रिहा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

सरकारी भवनभित्रका ट्रेड युनियन कार्यालय हटाउन काठमाडौं प्रशासनको ७ दिने अल्टिमेटम

कर्मचारी प्रशासन महाशाखा सहसचिव ढकाललाई ‘घाँडो’ : सरुवा विवादपछि प्रधानमन्त्री कार्यालय र ट्रेड युनियन दुवैतर्फबाट दबाब

प्रधानमन्त्रीलाई एउटा म्यासेज, कर्मचारीतन्त्रमा ठूलो प्रश्न

बिशेष