अहिलेका गृह सचिव गोकर्णमणि दुवाडीकै नियति भोग्दैछन्,एक सहसचिव । बरिष्ठताका हिसाबले पहिलो नम्बरमा परेर पनि तारान्तार सरकार प्रमुख केपी शर्मा ओलीबाट पेलानबाट पर्दा उनी बढूवाबाट छुट्दै आएका थिए । पाँचौ पटकसम्म पनि बढुवामा छुट्दै आएका गोकर्णमणि दुवाडी अन्तिममा स्वत बढूवा भएका थिए । त्यतिखेर केपी शर्मा ओली प्रधानमन्त्री थिए । दुवाडी पाँच पटकसम्म सिफारिस गरिँदा तीन पटक उनको सिफारिस मन्त्रिपरिषद्बाटै फिर्ता भएको धेरै प्रशासकले विर्सिएका छैनन् ।
बिज्ञापन
लोकसेवाले २०७६ माघमा पहिलो नम्बरमा रामशरण पुडासैनी, दोस्रो नम्बरमा अर्जुन पोखरेल र तेस्रो नम्बरमा दुवाडीको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरका पुडासैनी सचिव बढुवा भए । त्यसको केही समयपछि दोस्रो नम्बरमा रहेका अर्जुन पोखरेललाई सचिवमा उक्लिए । आफूभन्दा दुवै वरिष्ठ सहसचिव भएपछि सचिवका लागि एक्लो दाबेदार भए । उनको पहिलो नम्बरमा नाम आएपछि तीनवटा त मन्त्रिपरिषद्बाट सो फाइलै फिर्ता भएको थियो । त्यस पछि पनि दुुवाडीभन्दा कनिष्ठ मानबहादुर विक,मधुकुमार मरासिनी,चन्द्रमान श्रेष्ठ,वीरबहादुर राईहरु सचिव भए । आज उनीहरु सबै घर गइसकेका छन् ।
बिज्ञापन
समयचक्रले ओली सत्तामा हुँदा उनै ओलीले नरुचाएका पात्र दुवाडी बर्ष दिनदेखि गृहसचिवको भूमिकामा छन् । उक्त बढुवामा विभेदको यति ठूलो पर्खाल खडा गरियो कि सरकार विधि, पद्धति, प्रणाली स्थापित गर्न होइन, लत्याउन उद्यत छ भन्ने प्रष्टै बुझ्न सकिन्छ । दुवाडीको भन्दा पछिल्लो सूचीमा नाम रहेका वीरबहादुर राईलाई लगतै लोकसेवा आयोग, मानबहादुर बि.केलाई विश्वविद्यालय र विष्णु नेपाललाई गण्डकी प्रदेश लोकसेवा आयोगतिर नियुक्ति समेत दिइएको छ ।
अहिले उसैगरी बढूवामा विभेदमा परेका छन्,एक सहसचिव डण्डुराज घिमिरे । उनीभन्दा निष्ठहरुलाई धमाधम सचिवमा उकालेर ओली सरकारले विधि,पद्धति,प्रणाली लत्याइरहेको आरोप लगाउँछन् केही कर्मचारीहरु । अघिल्लो पटक भुपाल बराल र यस पटक ओली सरकारले खगेन्द्र प्रसाद सुवेदीलाई सचिवमा बढुवा गरेको छ । भुपाल वरालका उसैगरी माथि उक्लिएका छन् । सोमबार बसेको क्याविनेटले एक महिना पछाडि घर जान लागेका सहसचिवलाई सचिवमा उकालेको छ । सुवेदी बरियतामा तेस्रो नम्बरमा छन् । यदी उनको ठाउँमा डण्डुराजलाई सचिव बनाएको भए उनी सहसचिवबाटै घर जान्थें । अहिलेसम्म डण्डु चौथो पटक बढूवामा सिफारिस भएर सहसचिवमै खुम्चन विवश छन्,उनलाई ओली सरकारले अर्काे गोकर्णमणि बनाउन लागेको चर्चा चल्न थालेको छ,कर्मचारी प्रशासनमा । सरकारले जति नै बल गरेर रोके पनि उनी अर्काे पटक स्वत सचिवमा उक्लनेछन् ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकनमा ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार ४ पटकसम्म एक सचिवका लागि ३ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट १ जना मात्रै ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव दुवाडीको नाम मात्रै सचिव बढुवाका लागि सिफारिस हुनेछ । त्यसका लागि अझैं दुई महिना समय कुर्नुपर्नेछ,डण्डुले ।
बिज्ञापन
उसो त यस अघि गोकर्णकै नियति भोगेका हुन,रघुराम विष्टले । विष्ट अहिलेका मुख्य सचिवभन्दा पनि बरिष्ठ हुन । उनी जेठ २४ गते ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् ।