गोकर्णमणिकै नियति भोग्दै डण्डुराज

अहिलेका गृह सचिव गोकर्णमणि दुवाडीकै नियति भोग्दैछन्,एक सहसचिव । बरिष्ठताका हिसाबले पहिलो नम्बरमा परेर पनि तारान्तार सरकार प्रमुख केपी शर्मा ओलीबाट पेलानबाट पर्दा उनी बढूवाबाट छुट्दै आएका थिए । पाँचौ पटकसम्म पनि बढुवामा छुट्दै आएका गोकर्णमणि दुवाडी अन्तिममा स्वत बढूवा भएका थिए । त्यतिखेर केपी शर्मा ओली प्रधानमन्त्री थिए । दुवाडी पाँच पटकसम्म सिफारिस गरिँदा तीन पटक उनको सिफारिस मन्त्रिपरिषद्बाटै फिर्ता भएको धेरै प्रशासकले विर्सिएका छैनन् ।

बिज्ञापन

लोकसेवाले २०७६ माघमा पहिलो नम्बरमा रामशरण पुडासैनी, दोस्रो नम्बरमा अर्जुन पोखरेल र तेस्रो नम्बरमा दुवाडीको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरका पुडासैनी सचिव बढुवा भए । त्यसको केही समयपछि दोस्रो नम्बरमा रहेका अर्जुन पोखरेललाई सचिवमा उक्लिए । आफूभन्दा दुवै वरिष्ठ सहसचिव भएपछि सचिवका लागि एक्लो दाबेदार भए । उनको पहिलो नम्बरमा नाम आएपछि तीनवटा त मन्त्रिपरिषद्बाट सो फाइलै फिर्ता भएको थियो । त्यस पछि पनि दुुवाडीभन्दा कनिष्ठ मानबहादुर विक,मधुकुमार मरासिनी,चन्द्रमान श्रेष्ठ,वीरबहादुर राईहरु सचिव भए । आज उनीहरु सबै घर गइसकेका छन् ।

बिज्ञापन

समयचक्रले ओली सत्तामा हुँदा उनै ओलीले नरुचाएका पात्र दुवाडी बर्ष दिनदेखि गृहसचिवको भूमिकामा छन् । उक्त बढुवामा विभेदको यति ठूलो पर्खाल खडा गरियो कि सरकार विधि, पद्धति, प्रणाली स्थापित गर्न होइन, लत्याउन उद्यत छ भन्ने प्रष्टै बुझ्न सकिन्छ । दुवाडीको भन्दा पछिल्लो सूचीमा नाम रहेका वीरबहादुर राईलाई लगतै लोकसेवा आयोग, मानबहादुर बि.केलाई विश्वविद्यालय र विष्णु नेपाललाई गण्डकी प्रदेश लोकसेवा आयोगतिर नियुक्ति समेत दिइएको छ ।

अहिले उसैगरी बढूवामा विभेदमा परेका छन्,एक सहसचिव डण्डुराज घिमिरे । उनीभन्दा निष्ठहरुलाई धमाधम सचिवमा उकालेर ओली सरकारले विधि,पद्धति,प्रणाली लत्याइरहेको आरोप लगाउँछन् केही कर्मचारीहरु । अघिल्लो पटक भुपाल बराल र यस पटक ओली सरकारले खगेन्द्र प्रसाद सुवेदीलाई सचिवमा बढुवा गरेको छ । भुपाल वरालका उसैगरी माथि उक्लिएका छन् । सोमबार बसेको क्याविनेटले एक महिना पछाडि घर जान लागेका सहसचिवलाई सचिवमा उकालेको छ । सुवेदी बरियतामा तेस्रो नम्बरमा छन् । यदी उनको ठाउँमा डण्डुराजलाई सचिव बनाएको भए उनी सहसचिवबाटै घर जान्थें । अहिलेसम्म डण्डु चौथो पटक बढूवामा सिफारिस भएर सहसचिवमै खुम्चन विवश छन्,उनलाई ओली सरकारले अर्काे गोकर्णमणि बनाउन लागेको चर्चा चल्न थालेको छ,कर्मचारी प्रशासनमा । सरकारले जति नै बल गरेर रोके पनि उनी अर्काे पटक स्वत सचिवमा उक्लनेछन् ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकनमा ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार ४ पटकसम्म एक सचिवका लागि ३ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट १ जना मात्रै ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव दुवाडीको नाम मात्रै सचिव बढुवाका लागि सिफारिस हुनेछ । त्यसका लागि अझैं दुई महिना समय कुर्नुपर्नेछ,डण्डुले ।

बिज्ञापन

उसो त यस अघि गोकर्णकै नियति भोगेका हुन,रघुराम विष्टले । विष्ट अहिलेका मुख्य सचिवभन्दा पनि बरिष्ठ हुन । उनी जेठ २४ गते ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सांसदले नै च्याते बजेट पुस्तिका

२५ सचिवहरुको राजीनामाको धम्कीबाट सरकारले खुट्टा नकमाओस

संघीय निजामती सेवा विद्येयक अड्किएकोमा समिति सभापतिको असन्तृष्टि

प्रधानमन्त्रीलाई रिटायर्ड कर्मचारीकै भर

अख्तियारको राडरमा गृहका अधिकृत

निजामती विद्येयकमा केही समय पर्खन प्रधानमन्त्रीको आग्रह

संघीय निजामती सेवा विधेयक कसरी हुन्छ परिमार्जन ?

संघीय निजामती सेवा ऐन पासको संभावना नदेखिएको उपमहासचिव भण्डारीको टिप्पणी, देशव्यापी आमहड्तालको संकेत

बिशेष