धुन्चेको ब्रावलमा चीनबाट आएकाे कन्टेनर दुर्घटना, स्वास्थ्य सामग्री रहेको खुलासा

रसुवा, असार ४ – चीनबाट स्वास्थ्य सामग्री लिएर आएकाे एक कन्टेनर रसुवागढी–गल्छी सडकखण्ड अन्तर्गत धुन्चेको ब्रावलमा दुर्घटनामा परेको छ। बा प्रदेश ०१–०० ख ८४२१ नम्बरको उक्त कन्टेनर सडकबाट चिप्लिएर दुर्घटनामा परेको हो।

बिज्ञापन

स्थानीय प्रशासनका अनुसार दुर्घटनास्थलमा कन्टेनर तान्ने तयारी भइरहेको छ। दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ। कन्टेनरकाे चालकका अनुसार भित्र स्वास्थ्य सामग्री रहेको जानकारी दिएका छन्।

बिज्ञापन

घटनास्थलमा प्रहरीले निगरानी बढाएको छ भने सडक सञ्जाल पुनः सञ्चालन गर्न मेसिन तथा क्रेनमार्फत कन्टेनर हटाउने प्रयास जारी छ।

चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको सो कन्टेनर रसुवागढी भन्सार पार गरी काठमाडौँतर्फ गइरहेको बताइएको छ। सडक चिप्लो र घुम्ति बढी भएको कारण दुर्घटना भएको अनुमान गरिएको छ।

बिज्ञापन

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा राहत तथा व्यवस्थापन कार्य तीव्र रुपमा अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बालेनसँग डराएनन् ५ हजारभन्दा बढी कर्मचारी: बुझाएनन् सम्पत्ति विवरण

राजनीतिमा लागे निजामती कर्मचारी सेवाबाटै हटाइने

सर्वोच्च अदालतमा रिट दर्ता प्रक्रियाप्रति बार एशोसिएशनको गम्भीर चासो

वनमन्त्रीको शासन : तीन बर्षदेखि काजमा कार्यरत कर्मचारीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी

बिशेष