रसुवा, असार ४ – चीनबाट स्वास्थ्य सामग्री लिएर आएकाे एक कन्टेनर रसुवागढी–गल्छी सडकखण्ड अन्तर्गत धुन्चेको ब्रावलमा दुर्घटनामा परेको छ। बा प्रदेश ०१–०० ख ८४२१ नम्बरको उक्त कन्टेनर सडकबाट चिप्लिएर दुर्घटनामा परेको हो।
बिज्ञापन
स्थानीय प्रशासनका अनुसार दुर्घटनास्थलमा कन्टेनर तान्ने तयारी भइरहेको छ। दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ। कन्टेनरकाे चालकका अनुसार भित्र स्वास्थ्य सामग्री रहेको जानकारी दिएका छन्।
बिज्ञापन
घटनास्थलमा प्रहरीले निगरानी बढाएको छ भने सडक सञ्जाल पुनः सञ्चालन गर्न मेसिन तथा क्रेनमार्फत कन्टेनर हटाउने प्रयास जारी छ।
चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको सो कन्टेनर रसुवागढी भन्सार पार गरी काठमाडौँतर्फ गइरहेको बताइएको छ। सडक चिप्लो र घुम्ति बढी भएको कारण दुर्घटना भएको अनुमान गरिएको छ।
बिज्ञापन
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा राहत तथा व्यवस्थापन कार्य तीव्र रुपमा अगाडि बढाइएको छ।