संघीय संसद् बैठक आज : निजामती विधेयक पारित गरिने

काठमाडौँ, असार २ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकले लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

आजको कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव संसद्‌मा प्रस्तुत गर्नेछन्। सो विधेयकलाई छलफलपछि पारित गर्ने कार्यक्रम तय गरिएको छ।

 

बिज्ञापन

यस विधेयकमार्फत संघीय संरचनाअनुसार निजामती सेवा प्रणालीलाई एकरूपता दिने, सेवाको पुनः संरचना गर्ने र कर्मचारी व्यवस्थापनमा स्पष्टता ल्याउने लक्ष्य लिइएको छ। विधेयक पारित भएमा, संघीय निजामती संरचना कार्यान्वयनतर्फ निर्णायक पाइला अघि बढ्ने विश्वास लिइएको छ।

 

त्यस्तै, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि संसद्‌मा पेस गर्ने कार्यक्रम छ।

 

दुवै विधेयकको संवेदनशीलता र राजनीतिक महत्वका कारण आजको संसद् बैठकमा गम्भीर बहस र दृष्टिगोचर निर्णय हुने अपेक्षा गरिएकोछ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

सिंहदरबारमा क्याविनेट बैठक जारी,केही सचिवहरुको सरुवा हुन सक्ने

सरकार गठन र संसद विघटन दुवै असंवैधानिक : यस्तो छ बरिष्ठ अधिवक्ताहरुको तर्क

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलाश गठन, बहसकर्तालाई ५/ ५ मिनेट समय

प्रदेशबाट फिर्ता भएका,दरबन्दी फाजिलमा परेका र बरण्डामा रहेका अधिकृतहरुको सरुवा (सूचीसहित)

बिशेष