संघीय संसद् बैठक आज : निजामती विधेयक पारित गरिने

काठमाडौँ, असार २ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकले लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरी पारित गर्ने तयारी गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

आजको कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव संसद्‌मा प्रस्तुत गर्नेछन्। सो विधेयकलाई छलफलपछि पारित गर्ने कार्यक्रम तय गरिएको छ।

 

बिज्ञापन

यस विधेयकमार्फत संघीय संरचनाअनुसार निजामती सेवा प्रणालीलाई एकरूपता दिने, सेवाको पुनः संरचना गर्ने र कर्मचारी व्यवस्थापनमा स्पष्टता ल्याउने लक्ष्य लिइएको छ। विधेयक पारित भएमा, संघीय निजामती संरचना कार्यान्वयनतर्फ निर्णायक पाइला अघि बढ्ने विश्वास लिइएको छ।

 

त्यस्तै, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि संसद्‌मा पेस गर्ने कार्यक्रम छ।

 

दुवै विधेयकको संवेदनशीलता र राजनीतिक महत्वका कारण आजको संसद् बैठकमा गम्भीर बहस र दृष्टिगोचर निर्णय हुने अपेक्षा गरिएकोछ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

बिशेष