सर्वोच्च अदालतमा सिफारिस न्यायाधीश र न्यायपरिषद् सदस्यविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीश र एक न्याय परिषद् सदस्य गरी चार जनाविरुद्ध आजदेखि उजुरी दिन सकिने जनाएको छ । समितिले आज सूचना प्रकाशित गर्दै नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरू उपयुक्त नठानेमा प्रमाणसहित लिखित उजुरी दिन सबैलाई आग्रह गरेको हो।

बिज्ञापन

सुनुवाइ समितिको सूचनामा भनिएको छ मर्यादित भाषामा स्पष्ट आधार र सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा सचिवालयमा वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिनेछ । यसअघि सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस तीनै जना न्यायाधीश र एक न्याय परिषद् सदस्यविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा सिफारिस भएका थिए ।

समितिले उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

बिशेष